२० पुस २०८१, शनिबार | January 4, 2025

बुटवलमा एमालेको विरासत भत्काउला त गठबन्धनले ?



बुटवल । बुटवलको राजनीतिमा सुर्यप्रसाद श्रेष्ठको कार्यकाल यता निकटम प्रतिद्वन्दीमा सिमित भएको कांग्रेसले यसपटकको स्थानीयतह निर्वाचनमा भने विवादकैबीचमा भएपनि सबै भन्दा पहिले उम्मेदवारी घोषणा गरेर चुनावमा आक्रामकढंगले प्रस्तुत हुने संकेत देखाएको छ । झिनो आन्तरिक विरोधका बीच बुटवल उपमहानगरमा अघिल्लो स्थानीय तह निर्वाचनमा पराजित खेलराज पाण्डे नै उम्मेदवार बन्ने पक्कापक्की भएको छ ।

अघिल्लो निर्वाचनमा २ दलीय गठबन्धनले पनि एमालेलाई आच्छु आच्छु पारेका कांग्रेसजनहरु यसवर्ष एमाले विभाजन र गठबन्धनको बलमा चुनाव जित्ने कुरामा धुक्क देखिन्छन् । पुराना कांग्रेस नेता हरि लम्साल सहितका केहि नेता कार्यकर्ताहरुले पार्टीबाट राजिनामा दिएपनि उनीहरु कांग्रेस छाडेर अन्त नजाने निश्चित भएकाले पनि कांग्रेसीहरु बुटवलमा एमाले विरासत भत्काउनेमा विश्वस्त देखिएका छन् । २०७४ मा बुटवलमा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए ।

यसपटकको निर्वाचनमा बुटवल उपमहानगरमा ९० हजार ६५ मतदाता छन् । गणितीय हिसावले गठबन्धनबाट पनि कांग्रेस उम्मेदवार कमजोर पर्ने देखिएपनि एकीकृत समाजवादीले कात्ने एमाले मत र थपिएका नयाँ मतदाताको बलमा चुनाव जित्ने गठबन्धन नेताहरुमा अपेक्षा रहेको छ । एमाले भित्र एमाले उपाध्यक्ष विष्णु पौडेलको घट्दो क्रेजका कारण पनि निर्वाचन आफ्नो हातमा पर्ने कांग्रेसजनको आशा छ । पौडेल निकट गोपाल रानाले टिकट नपाएपछि एमाले कार्यकर्तामा निराशा आउने र केहि एमाले मत निश्क्रिय बस्न सक्ने कांग्रेस निकट विश्लेषकहरुले आँकलन गरेका छन् ।

बुटवलमा गत निर्वाचनभन्दा बुटवलमा २४ हजार मतदाता थपिएका छन् । नयाँ मतदातालाई जसले ‘क्यास’ गर्न सक्छ त्यही पार्टीले चुनाव जित्ने निश्चित छ ।

उपमेयर भने नेकपा (एकीकृत समाजवादी) ले पाउने सहमति भएको छ । एकीकृत समाजवादीका चिनबहादुर गुरुङ गठबन्धनबाट उम्मेदवार बन्ने निश्चित जस्तै भएको छ । एमालेबाट विभाजित एकीकृत समाजवादीले एमालेको कात्न सक्ने मत नै कांग्रेसको लागि चुनाव जिताउने मत हुन सक्ने आँकलन गरिएको छ । विगतमा भोग्नुपरेको पराजयलाई गठबन्धनबाट फर्काउने गरि कांग्रेसले चुनावी तयारी गरेको नगर सभापति एवं प्रस्तावित कांग्रेस उम्मेदवार खेलराज बताउँछन् ।

खेलराज अघिल्लो निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग २ हजार ३९८ मतले पराजित भएका थिए । सुवेदीले २३ हजार २४९ मत ल्याएका थिए । बुटवलमा भेगिय राजनीतिको प्रभाव बढी देखिने र खेलराज र एमालेका उम्मेदवार बाबुराम भट्टराई एउटै क्षेत्रबाट बसाई सरेर बुटवल झरेका कारण भट्टराईले खेलराजको मत तान्न सक्ने अनुमान पनि गरिएको छ । अघिल्लो निर्वाचनमा अधिकाँस स्याङ्जाली मत आफुलाई पार्न सफल रहेका पाण्डेको भेगिय मत यस पटक भट्टराईले खोस्ने सम्भावना पनि छ ।

समान्य जनजिवन र सहयोगी भावना बोकेका नेताहरुपमा पाण्डे कांग्रेस राजनीतिमा परिचित छन् । नेबिसंघका उपाध्यक्ष तथा कांग्रेस बुटवलका युवा नेता मुक्ति पौडेलले भने अहिले बिरोध गर्ने बेला नभएको बताउँदै खेलराज कांग्रेस भएकाले राम्रा उम्मेदवार भएको टिप्पणी गरे ।

सादा जिवनमा परिचयष् बनाउन सफल खेलराजले आफु पारजित भएको निर्वाचनमा आफूलाई पराजित गर्ने मेयर शिवराज सुवेदीलाई माला लगाइदिएर बधाई तथा सफलताको शुभकामना दिएका थिए ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर २ कोटाकोटमा विस २०२६ सालमा जन्मेका खेलराज २०३८ सालमा बुटवल झरेका थिए । पनि २०४६ सालयता स्थायी रूपमा बुटवलमा बसोवास गर्दै आएका छन् । २०३९ सालमा आदर्श मावि कोटाकोटमा नेविसंघको सदस्यता लिएर राजनीति शुरू गरेका पाण्डे वि।स २०४४ सालमा अमृत साइन्स क्याम्पस, काठमाडौंमा नेविसंघको सहसचिव थिए ।

२०४६ सालमा रूपन्देही आएपछि उनको विद्यार्थी राजनीति यात्रा झनै फराकिलो बन्यो । २०४७ सालमा बुटवल बहुमुखी क्याम्पस नेविसंघ उपसभापति, २०५२ सालमा नेविसंघ रूपन्देही सचिव, २०५९ सालमा तरूण दल रूपन्देही जिल्ला अध्यक्ष र २०६० सालमा तरूण दल केन्द्रीय सदस्य हुँदै २०६७ सालदेखि हालसम्म ३ कार्यकाल नेपाली कांग्रेस बुटवल नगर सभापति रहँदै आएका छन् ।

बुटवलमा विकल्पको खोजी भइरहेको दाबी गर्दै आफुले चुनाव जित्नेमा खेलराज ढुक्क देखिन्छन् । ‘गठबन्धन इमान्दारिताका साथ कार्यान्वन भए बुटवलमा यसपटक एमालेको विरासत भत्कन्छ । उनले भने ।

 

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १० : ३२ बजे

याे आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान केन्द्रित गर्ने बेला हाे : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

गौशालास्थित बागमती होटलमा मृत भेटिएकी सुस्मितासँगै बसेका युवक पनि झुन्डिएकाे अवस्थामा फेला

काठमाडौं । काठमाडौंको गौशालास्थित बागमती होटलमा मृत भेटिएकी सुस्मितासँगै बसेका

मोडल अफ लुम्बिनी सिजन-२ सम्पन्न

बुटवल । बालबालिकामा रहेको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यकासाथ मोडेल अफ

समय नपुगी जन्मिएका बच्चाको आँखामा जोखिम उच्च

काठमाडौं । बत्तिस सातामै जन्मिएका जुम्ल्याहा बच्चामध्ये एक जनामा आँखासम्बन्धी