२६ पुस २०८१, शुक्रबार | January 10, 2025

सबै महानगर उपमहानगरमा गठबन्धन गर्ने सत्तारुढ दलबीच सहमति (सहमति पत्रसहित)



काठमाडौं । काठमाडौं । सत्तारुढ दलबीच स्थानीय तह निर्वाचनमा सबै पालिकामा गठबन्धन गर्ने सहमति भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार बसेको सत्तारुढ दलको बैठकमा ६ महानगर, ११ उपहानगरसहित सबै पालिकामा गठबन्धन गर्ने सहमति भएको माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिव गंगा दाहालले जानकारी दिएकीक छिन् ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार बसेको सत्तारुढ दलको बैठकमा ६ महानगर, ११ उपहानगरसहित सबै पालिकामा गठबन्धन गर्ने सहमति हो ।

सहमतिअनुसार कांग्रेसको भागमा धरान, इटहरी, कलैया, तुल्सीपुर, बुटवल, नेपालगन्ज, धनगढी उपमहानगरपालिका परेको छ ।

माओवादी केन्द्रको भागमा जितपुर सिमरा र घोराही तथा एकीकृत समाजवादीको भागमा हेटौंडा तथा जसपाको भागमा जनकपुर उपमहानगरपालिका परेको छ ।

 

सहमतिको पूर्णपाठ

आज मिति २०७९/०१/०७ गते पाँच दलीय गठवन्धनको बैठक प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाज्यूको अध्यक्षतामा बस्यो । बैठकले २०७९ वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाहरूको प्रमुख र उप–प्रमुख पदमा तपसिल बमोजिमका दलहरूले तपसिल बमोमिको पदमा उम्मेदवार दिने सहमति गर्यो । सहमति बमोजिम गर्न गराउन आ–आफ्ना राजनीति दलका निकायहरूलाइ निर्देश गरिन्छ ।

तपसिल

नेपाली कांग्रेसका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिने महानगरपालिकाहरू

१.काठमाडौं २. ललितपुर ३. विराटनगर

उपप्रमुख पदमा उम्मेदवारी दिने महानगरपालिकाहरू

१. वीरगञ्ज २.भरतपुर ३. पोखरा

प्रमुख पदमा उम्मेदवारी दिने उपमहानगरपालिकाहरू

१. धरान २. इटहरि ३. कलैया ४. बुटवल ५. तुलसिपुर ६. नेपालगंज ७.धनगढी

उपप्रमुख पदमा उम्मेदवारी दिने उपमहानगरपालिकाहरू

१. जितपुर सिमरा २. घोराही ३. हेटौडा

नेकपा माओवादी केन्द्रका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिने महानगरपालिका

१. भरतपुर

उपप्रमुख पदमा उम्मेदवारी दिने महानगरपालिका

१. ललितपुर

प्रमुख पदमा उम्मेदवारी दिने उपमहानगरपालिकाहरू

१. जितपुर सिमरा २.घोराही

उपप्रमुख पदमा उम्मेदवारी दिने उपमहानगरपालिकाहरू

१. धरान २. धनगढी

नेकपा (एकीकृत समाजवादी)का तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिने महानगरपालिका

१. पोखरा

उपप्रमुख पदमा उम्मेदवारी दिने महानगरपालिका

१. काठमाडौं

प्रमुख पदमा उम्मेदबारी दिने उपमहानगरपालिका

१. हेटौडा

उपप्रमुख पदमा उम्मेदबारी दिने उपमहानगरपालिकाहरू

१. इटहरी २. बुटवल ३. तुलसिपुर

जनता समाजवादी पार्टी नेपालका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिने महानगरपालिका

१. वीरगञ्ज

उपप्रमुख पदमामा उम्मेदवारी दिने महानगरपालिका

१. विराटनगर

प्रमुख पदमा उम्मेदवारी दिने उपमहानगरपालिकाहरू

१.जनकपुर

उपप्रमुख पदमामा उम्मेदवारी दिने उपमहानगरपालिकाहरू

१. कलैया २. नेपालगञ्ज

पाँच दलीय गठवन्धनले यसअघि जारी गरेको मापदण्ड, सहमतिको मर्म र भावना अनुरुप सम्वन्धित समितिहरूको बैठक बसी अविलम्ब सिट भाडफाँट तथा उम्मेदवारहरूको चयन गर्न निर्देश गरिन्छ । साथै, सहमति बन्न नसकेको अवस्थामा पाँच दलीय गठवन्धन भित्रै मित्रवत प्रतिस्पर्धा गर्न सकिने समेत समझादारी भयो ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ५ : ०९ बजे

प्रेस चौतारीको केन्द्रीय सदस्यमा ३२ जना मनोनीत

काठमाडौं । प्रेस चौतारी नेपालले ३२ जना पत्रकारलाई केन्द्रीय सदस्यमा

तिब्बतका भूकम्पपीडितलाई ल्हासा बस्ने नेपाली नागरिकको ३७ लाख सहयोग

काठमाडौँ । गत मङ्गलबार चीनको स्वशासित क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीका

बुटवलमा एकै दिन ११ वटा ध्वनि प्रदूषण गर्ने मोटरसाइकल प्रहरी नियन्त्रण (भिडियोसहित)

बुटवल । बुटवलमा एकैदिन विभिन्न स्थानमा मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने

पाँच महिनामा पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार

संसद्लाई संसद्जस्तै रहन दिऔँ

काठमाडौँ । नेपालले संसदीय संरचना र संसद्को सर्वोच्चतासहितको शासकीय प्रणाली