१ माघ २०८१, मंगलबार | January 15, 2025

ताप्ली गाउँपालिकाले बाँड्यो ५० प्रतिशत अनुदानमा ट्याक्टर



उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ । वार्षिक नीति तथा कार्यक्रम अनुसार स्थानीय किसानलाई व्यवसायिक कृषि खेतीतर्फ प्रोत्साहन गर्ने उद्देश्यले अनुदानमा ट्याक्टर वितरण गरिएको हो ।

ताप्ली गाउँपालिकाका विभिन्न वडामा क्रियाशिल किसान संलग्न कृषि समूह तथा कृषि सहकारीलाई ट्याक्टर वितरण गरिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाका अनुसार वडा कार्यालयको सिफारिसमा विभिन्न ठाउँका उद्यमी कृषकको कृषि प्रवर्द्वन तथा आयआर्जनमा बृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले आफै खरिद गरेर ट्याक्टर वितरण गरिएको हो ।

ट्याक्टर वितरण गर्दै अध्यक्ष उद्धबसिंह थापाले ताप्लीका जनतालाई कृषिबाटै करोड पति बनाउने योजना अनुरुप ५० प्रतिशत छुट अनुदानमा ट्याक्टर वितरण गरिएको जनाए । ट्याक्टर पाउने किसान समूहहरुमा वडा नं. ५ का सगरमाथा फलफुल व्यवसाय कषि फार्म, रामपुर तरकारी उत्पादन तथा फलफुल फारम, नमूना कृषक समूह, रीता एकीकृत कृषि तथा पशुपन्छी फारम, शितल एकीकृत कृषि पशुपालन तथा पोल्टी फारम, प्रगतिशील कृषक समूह, दिग्दर्शन एकीकृत कृषि तथा पशुपालन केन्द्र रहेका छन् ।

त्यसैगरी एलिस एकीकृत कृषि तथा पशुपालन केन्द्र, नमूना पशुपन्छी तथा मत्स्य कृषि समूह, आहान एकीकृत कृष समूह र सुनौलो कृषि समूह रहेका छन् । ट्याक्टर पाउने अन्य समूहहरुमा पुलटार एकीकृत कृषि समूह ताप्ली गाउँपालिका–२, लेकबेँसी कृषि सहकारी संस्था ताप्ली गाउँपालिका’२ र कन्चन एकीकृत कृषि तथा पशुपालन समूह रहेको गाउँपालिका कृषि शाखाले जनाएको छ ।

कृषि शाखाका अनुसार एउटा ट्याक्टर पाउनका लागि कृषक समूहहरुले ३८ हजार रुपैंया लगानी गर्नु पर्ने छ । बाँकी ३८ हजार गाउँपालिकाले अनुदान उपलब्ध गरेर ट्याक्टर खरिद गरी बितरण गरिएको हो ।

गाउँपालिकाले १५ वटा ट्याक्टरमा १५ कृषक समूहबाट ५ लाख ७० हजार जम्मा भएको र बाँकी रकम गाउँपालिकाको ५ लाख ७० हजार अनुदान गरि ११ लाख ४० हजार मुल्य बराबरको ट्रयाक्टर बितरण गरिएको लेखापाल टीकाराम विकले जानकारी दिए ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ६ : ४९ बजे

विपिनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजरायली विदेशमन्त्रीसँग पनि फोनवार्ता

हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका

‘जब कृषिमन्त्रीलाई नौ किलोको काउली दिइयो’

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिसेरामा आज माघेसङ्क्रान्ति मेला तथा

टुँडिखेलमा मगर र थारु समुदायको माघी कार्यक्रम

काठमाडौं । नेपालका आदिवासी जनजाति मगर र थारु समुदायले आज

नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति

त्रिशूली । माघेसङ्क्रान्ति पर्वको अवसरमा मंगलबार नुवाकोटको तारुका, बेत्रावतीलगायतका स्थानमा

पूर्वजले देखाएको बाटोमा लागौँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजले गरेको खोज, अध्ययनको