३ आश्विन २०८१, बिहिबार | September 19, 2024

१६ औ मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड : सोमबार उपाधि भिडन्त



बुटवल । बुटवलमा जारी १६ औ मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८ को उपाधिका लागि वडा नं ८ र वडा नं १७ बीच खेल हुने भएको छ । शनिबार भएको दोस्रो सेमीफाईनल खेलमा वडा नं ८ ले वडा नं ७ लाई २–० गोल अन्तरले पराजित गर्दै फाईनल भिडन्त पक्का गरेको हो ।

बुटवल उपमहानगरपालिकाको सहयोग तथा राष्ट्रिय युवा संघ नेपाल उपमहानगरपालिकाको आयोजनामा सिद्धेश्वर खेलमैदानमा भएको खेलमा वडा नं ८ का लोक पुन नायक रहे । उनले खेलको ४३ औ मिनेटमा शानदार गोल गर्दै टिमलाई अग्रता दिलाए । यसैगरी खेलको ५७ औ मिनेटमा प्रबिन थापाले दोस्रो गोल गरे । खेलमा वडा नं ८ का लोक पुन म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

प्रतियोगिताको उपाधि विजेताले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष सुदर्शन खाम्चाले बताए । यसैगरि विद्यागत रुपमा समेत खेलाडीहरुलाई पुरस्कृत गरिने छ । फाईनल खेल सोमबार हुने प्रचारप्रसार संयोजक गणेश बोहराले बताए ।

 

 

 

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ४ : ३५ बजे

शिक्षकहरुका लागि एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न

बर्दिया । बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day