१० पुस २०८१, बुधबार | December 25, 2024

बागलुङमा चुनावी गठबन्धन गर्ने पाँच दलको निर्णय



बागलुङ । स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने बागलुङका पाँच दलले निर्णय गरेका छन् । केन्द्रमा रहेको पाँच दलीय गठबन्धनलाई स्थानीय तहको निर्वाचनमा पनि कार्यान्वयन गर्ने निर्णय गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी र जनता समाजवादीले जिल्लाअन्तर्गत स्थानीय तहको निर्वाचनमा मिलेर जाने निर्णय गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका सभापति जीत शेरचनले जानकारी दिए ।केन्द्रको गठबन्धनअनुसार मिलेर चुनावमा जान जिल्ला तहमा सैद्धान्तिक निर्णय गरिएको माओवादीका जिल्ला इन्चार्ज वलावती शर्माले बताइन ।

आज सम्पन्न पाँच दलीय बैठकले प्रत्येक पार्टीबाट दुई जनाका दरले दस जनाको उच्चस्तरीय संयन्त्र गठन गर्ने र उम्मेदवार तथा भागबन्डाको टुङ्गो सोही संयन्त्रले गर्ने नेकपा एकीकृत समाजवादीका नेता रामजीप्रसाद शर्माले बताए ।

 

कांग्रेसको घरदैलो र एमाले र माओवादीको कोणसभा

यसैबीच, स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै बागलुङका ठूला राजनीतिक दलले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । जिल्लामा सत्तारूढ दल नेपाली कांग्रेसले घरदैलो कार्यक्रमलाई अघि बढाएको छ ।

यस्तै नेकपा एमाले तथा माओवादी केन्द्रले गाउँमा आमभेला तथा कोणसभामा गर्न थालेका छन् । कांग्रेसले अहिले घरदैलो कार्यक्रमलाई अन्तिम चरणमा पु¥याएको पार्टीका जिल्ला सभापति जीत शेरचनले बताए । उसभापतिले घरदैलो कार्यक्रम सकेपछि उम्मेदवारी छनोटमा लाग्ने उनको भनाइ थियो । ‘घर घर जाऔँ कांग्रेसलाई जिताऔँ’ भन्ने हाम्रो नाराअनुसार घरदैलो कार्यक्रम अन्तिम चरणमा पुगेको छ । सभापति शेरचनले  भने, “उम्मेदवारी सिफरिसमा छलफल भइरहेको छ, अब लगत्तै दोस्रो चरणमा गाउँमा केन्द्रित अभियान सञ्चालनको तयारीमा छौँ, अब कांग्रेस आमसभामा केन्द्रित हुनेछ ।”

यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निर्वाचन कार्यक्रमलाई गति दिन जनतासँग भेटघाट सकेर कोणसभा गर्ने तयारीमा लागेको छ । उक्त दलले टोल–टोलसम्म पहिलो चरणको निर्वाचन केन्द्रित अभियान सकेको जिल्लाका प्रचार विभाग प्रमुख चन्द्रप्रकाश शर्माले बताए । पहिलो चरणको घरदैलो, कोणसभा तथा जनभेटघाट सकिएको छ, दोस्रो चरणमा चुनाव केन्द्रित अभियानका विषयमा पुनः जिल्ला कमिटी बैठक बस्ने तयारी छ, बैठकको निर्णयपछि पुनः एमाले गाउँ फर्कनेछ । उनका अनुसार केन्द्रीय कमिटी जिल्लामा, प्रदेश कमिटी पालिकामा र जिल्ला कमिटी वडामा केन्द्रित हुनेगरी मापदण्ड बनाएर अगाडि बढ्ने एमालेको रणनीति रहेको छ ।

माओवादीले पनि निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिएको छ । उक्त दलले कोणसभा गर्दै अगाडि बढेको नगर कमिटी सचिव राजु खड्काले बताए । यस्तै बागलुङमा राम्रो प्रभाव रहेको राष्ट्रिय जनमोर्चाले पनि चुनावी अभियानलाई तीव्र गति दिएको छ । बागलुङमा ठूला र साना गरी १९ दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका छन् । रासस

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ४ : २८ बजे

कर्णाली विकास बैंक ‘समस्याग्रस्त संस्था’ घोषणा, व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा

नेपालगन्ज । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्रप्राप्त वित्तीय संस्था

बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका

नेपालगन्ज । बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका फेला परेका

पूर्वमन्त्री शर्माद्वारा देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसँग आग्रह

दाङ । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक स्थायित्व

लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एमआरआई ल्याउँछौं : स्वास्थ्यमन्त्री सारु

बुटवल । लुम्बिनी प्रादेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पतालमा

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक जारी रहेको