२४ कार्तिक २०८१, शनिबार | November 9, 2024

पाकिस्तानमाथि अष्ट्रेलियाको अग्रता



काठमाडौं । पाकिस्तान भ्रमणमा रहेको अष्ट्रेलियाले पहिलो एकदिवसीय क्रिकेटमा घरेलु टोलीलाई ८८ रनले पराजित गर्दै तीन एकदिवसीय शृंखलामा १-० को अग्रता बनाएको छ ।

मंगलबार लाहोरमा अष्ट्रेलियाले दिएको ३१४ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४५ ओभर २ बलमा सबै विकेट गुमाउँदै मात्र २२५ रन बनाउन सक्यो ।

पाकिस्तानका इमाम उल हकले १०३ रनको शतकीय इनिङ खेलेपनि जित दिलाउन त्यो पर्याप्त रहेन । कप्तान बाबर आजमले ५७ रनको योगदान गरे ।

अष्ट्रेलियाका एडम जाम्पाले ४ तथा मिचेल स्विप्सन र टार्भिस हेडले २-२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्घारित ५० ओभरमा ७ विकेट गुमाएर २१३ रन बनायो । अष्ट्रेलियाका टार्भिस हेडले १०१ रनको शतकीय इनिङ खेले ।

बेन म्याकडेरमोटले ५५ रन, क्यामरुन ग्रीनले ४० रनको योगदान गरे । पाकिस्तानका हरिस राउफ र जाहिद महोमदले २-२ विकेट लिए ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ७ : ५० बजे

यस वर्षको रामजानकी विवाह पञ्चमी महामहोत्सवको तयारी सुरु

धनुषा । यस वर्षको रामजानकी विवाह पञ्चमी महामहोत्सवको तयारी सुरु

बागमती सफाइ महाअभियान छ सयौँ हप्तामा

काठमाडौं । ‘राष्ट्रका नाममा सातामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

समाजमा सकारात्मक प्रेरणाका स्रोत नै फोटो पत्रकार हुन् : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले समाजमा सकारात्मक प्रेरणाका स्रोत फोटो

प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउन ढिलाइ गरिए आन्दोलन : नेता निधि

जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधानमा व्यवस्था भएअनुसार

प्रधानमन्त्री ओलीको चीन भ्रमण राष्ट्रियहितका लागि : एमाले

काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई