३ आश्विन २०८१, बिहिबार | September 19, 2024

आइपिएल : लखनउ जाइन्ट्समाथि गुजरात टाइटन्सको जित



काठमाडौं । आइपिएलको नयाँ टिम गुजरात टाइटन्सले प्रतियोगिताको सुरुआत जितका साथ गरेको छ ।

गएराति भएको पहिलो खेलमा अर्को नयाँ टिम लखनउ सुपरजाइन्ट्सलाई ५ विकेटले हराएको छ । मुम्बईस्थित वान्खडे रंगशालामा भएको खेलमा लखनउले दिएको १५९ रनको लक्ष्य गुजरातले १९.४ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो ।

गुजरातका लागि अलराउन्डर राहुल तिवेटियाले सर्वाधिक ४० रन बनाए । उनले २४ बलमा ५ चौका र २ छक्का प्रहार गरे  । यस्तै, कप्तान हार्दिक पाण्ड्याले ३३ रन बनाउँदा म्याथु वाडे र डेविड मिलरले समान ३० रन बनाए ।

लखनउका दुशमन्था चामीराले २ तथा आभेस खान, कुर्नाल पाण्ड्या र दीपक होडाले समान १ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको लखनउले ६ विकेट गुमाउँदै १५९ रन बनायो । २९ रन बनाउँदै ४ विकेट गुमाएको लखनउका लागि दीपक हुडा र आयुष बदोनीले अर्धशतक बनाएपछि चुनौतीपूर्ण स्कोर खडा गरेको हो ।

हुँडा र बदोनीले पाँचौं विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए । हुडाले ४१ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५५ रन बनाउँदा बदोनीले ४१ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ५४ रन बनाए । बदोनीले आइपिएलको डेब्यूमै अर्धशतक बनाए ।

यस्तै, कुर्नाल पाण्ड्याले १३ बलमा २१ रन बनाउँदा इभान लेविसले १० रन बनाए । गुजरातका मोहम्मद सामीले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए भने वरुण आरोनले २ विकेट लिए ।

आइपिएल अन्तर्गत मंगलबार राजसस्थान रोयल्सले सनराइजर्स हैदरावादको सामना गर्नेछ ।

 

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ७ : २८ बजे

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day

‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री सहभागी

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको