३ आश्विन २०८१, बिहिबार | September 19, 2024

१६ औं मनमोहन स्मृति रनिङ शिल्ड फुटबल : वडा नम्बर १२ दोस्रो चरणमा प्रवेश



बुटवल । बुटवलमा जारी १६ औं मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८ को मंगलबार भएको खेलमा वडा नं १२ विजयी भएको छ।

बुटवल उपमहानगरपालिकाको सहयोग तथा राष्ट्रिय युवा संघ नेपाल उपमहानगरपालिकाको आयोजनामा जारी प्रतियोगितामा ट्राईबेकरमा वडा नं ३ लाई ४(३ ले पराजित गर्दै वडा नम्बर १२ दोस्रो चरणमा प्रवेश गरेको हो।

सिद्धेश्वर खेलमैदानमा भएको खेलमा निर्धारित समयमा गोलरहित बराबर भएपछि खेल ट्राईबेकरमा गएको थियो। खेलमा वडा नं ३ का खेलाडीको प्रहारलाई वडा नं १२ का गोलकिपर नवीन छन्त्यालले बिफल पारिदिएका थिए। उनी खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत पनि भए।

प्रतियोगिताको उपाधि विजेताले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष सुदर्शन खाम्चाले बताए। बुधबार बिहान वडा नं ५ र ६ का बिचमा खेल हुनेछ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  १० : ०८ बजे

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day

‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री सहभागी

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको