२ चैत्र २०८१, शनिबार | March 15, 2025

८० अर्बभन्दा बढीको खाने तेल भारत निर्यात



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालले भारतमा ८० अर्ब रुपैयाँभन्दा बढीको खाने तेल निर्यात गरेको छ ।

भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुन मसान्तसम्मको अवधिमा नेपालले भारतमा ८० अर्ब ३५ करोड ४६ लाख ३६ हजार रुपैयाँको तेल पठाएको हो ।

पछिल्लो आठ महिनामा नेपालले विभिन्न देशमा कूल १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । निर्यात गरेकोमध्ये आधाभन्दा बढी हिस्सा तेलले ओगटेको छ ।

यस वर्ष नेपालले भारतमा ४१ अर्ब ४० करोड १७ लाख ८१ हजार रुपैयाँको प्रशोधित भटमास तेल पठाएको छ ।

यस्तै, सोही अवधिमा ३५ अर्ब ३३ करोड ८० लाख ७६ हजार रुपैयाँको पाम तेल नेपालबाट भारत गएको छ । यस वर्ष ३ अर्ब ६१ करोड ४७ लाख ७९ हजार रुपैयाँको सनफ्लावर तेल पनि भारतमा निर्यात भइसकेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ३ : २९ बजे

दूध बेचेर मासिक दुई लाख कमाइ!

तनहुँ । जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबास निवासी लेखनाथ बाँस्तोला

सुनिता र बुचलाई फिर्ता ल्याउन स्पेसएक्सको रकेट प्रक्षेपण

काठमाडौं । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्षबाट

घाइते भएपछि ब्राजिलको टिमबाट हटाइए नेइमार

काठमाडौं । ब्राजिलका सुपरस्टार फुटबलर नेइमार फेरी घाइते भएका छन्

निटफेस्टमा १२ देशका १७ नाटक

काठमाडौं । नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) तेस्रो संस्करणमा १२

वन डढेलो सचेतना सप्ताह सुरु

नवलपरासी । नवलपरासीमा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि वन