६ आश्विन २०८१, आइतबार | September 22, 2024

नेपालमा खुल्यो वन उद्यमीहरुको छुट्टै वन उद्यम पुर्वाधार बैंक



बुटवल । वनमा आधारित उद्योग व्यवसायलाई टेवा पु-याउन भन्दै वन पैदावार उद्येमीहरुले छुट्टै बैंक स्थापना गरेका छन् । खेर गएको काठको सदुपयोग गर्ने, व्यवसाइहरु आफै वृक्षररोपण गरेर वन लगाउने र आफै वन पैदावारको उद्योग व्यवसाय गरेर उपभोग एवं वितरण गर्ने उद्देश्यका साथ वन उद्यम पुर्वाधार बैक लिमिटेडको स्थापना भएको बैंकका संस्थापकहरुले दाबी गरेका छन् ।

बैंक स्थापना गर्ने संस्थापक शेयर सदस्यहरुलाई प्रमाणपत्र वितरण तथा परियात्मक कार्यक्रम राख्दै वैंकका संचालकहरुले राज्यले सहजिकरण गरे छोटो समयमा नेपाललाई काठजन्य व्यवसायमा आत्मनिर्भर बनाउने घोषणा गरे । व्यवसायीहरुले समृद्धिका लागि वन भनिएको भएपनि दिगो बन ब्यवस्थापनमा वैज्ञानिक वन ब्यवस्थापन खारेज गरेर राज्य आफै वन विनासमा लागेको आरोप लगाए । वैज्ञानिक वन नीतिका कारण निरन्तर नेपालमा वन क्षेत्रको विस्तार हुँदै गएपनि वैज्ञानिक वन व्यवस्थापन नीति खारेज भएको विगत २ वर्ष यता स्वदेशी उत्पादन भएका काठ खेर जाने अवस्था आएको बताए ।

प्रमाणपत्र वितरण एवं परिचयात्मक कार्यक्रमको उदघाटन गर्दै लुम्बिनी प्रदेश सरकारका वन, वातारण तथा भुसंरक्षण मन्त्री सुरेन्द्र हमालले नेपाल वनमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्य हासिल गर्ने गरि बैक सहकार्य गर्न अग्रसर रहेको बताए। उनले प्रदेशले ऐन बनेपनि नियममवली बनाउन ढिलाई भएको स्विकार गर्दै संघले नियमावली नबनाउदा प्रदेशको निर्माणमा ढिलाई भएको जानकारी दिए । संघको नियमावलीसंग बाझिने गरि प्रदेशको नियमावली बनाउन नहुने प्रावधानका कारण ढिलाई भएको उनको भनाई छ ।

विदेशबाट निर्यात भएका काठ रोक्न आवश्यक वैज्ञानिक वन ब्यवस्थापनको खाचो देखिएको औंल्याउँदै उनले वैज्ञानिक वनलाई पुनः लागू गर्ने तयारीमा सरकार लागेको बताए। सालको एउटा रुख ८० वर्ष पुगेपछि त्यसले प्रकृतिमा अनुपयुक्त देखिने अध्ययनबाट पुष्टि भएको उनले बताए ।

कार्यपत्र पेश गर्दै महासंघका केन्द्रीय सदस्य विष्णु प्रसाद ज्ञवालीले समृद्धिका लागि वन भनिएको भएपनि दिगो बन ब्यवस्थापनमा वैज्ञानिक वन ब्यवस्थापन शुरु ९ वर्ष केही सफलता मिलेको भएपनि पछिल्लो २ वर्षदेखि बैज्ञानिक वन ब्यवस्थापन खारेज भएसंगै झन स्वदेशी उत्पादन भएका काठ खेर जाने अवस्था आएको गुनासो गरे । उनले विदेशबाट अर्बौ रुपैयाका काठहरु भित्रिएको बताउँदै वन जस्तो नविकरणिय श्रोतको उपयोग हुन नसकेको बताए । उनले सरकारसंग साझेदारीको लागि आफुहरु तयार भएको भन्दै कबुलियत वन हस्तान्तरण ढिलाई भएको बताए।

ज्ञवालीले वनमा आयआर्जनका रहेका उद्योगीहरुलाई एकतावद्ध गराएर सामुहिक लगानी र उत्पादनमा जोड दिन कार्यअनुसार बैंकको परिकल्पना गरिएको बताए । भुउपयोगको अवसर सदुपयोग गर्दै ब्यवसायिक रुपमा वन विकास गर्ने, वन्यजन्तु पालन गर्ने लगायत पर्यटनमार्फत आयआर्जनको सम्भावनालाई जोड्न चाहेको पनि उनले बताए।

नेपालमा ८० प्रतिशत वनमा आधारित पर्यटन रहेको विज्ञहरुको अनुसन्धानबाट पुष्टि भएको भन्दै ज्ञवालीले बैकमार्फत निजि वन र पर्यटनलाई जोड्ने लक्ष्य रहेको बताए। उनले निजी वनबाट उत्पादन लिन १०(१२ वर्ष लाग्ने र यसमा बैक तथा वित्तिय संस्थाहरु लगानी गर्न ईच्छुक नहुने कारण कठिनाई भएको बताए । सरकारले २ सय हेक्टर निजी वन बनाउने घोषणा गरेको छ। यसका लागि सरकारबाट आवश्यक सहयोग जरुरी रहेको छ, उनले भने ।

बैकका अध्यक्ष कपिल प्रसाद अधिकारीले सामुहिक लगानी र विज्ञताको शक्ति, न्यून ज‍ोखिम अधिक प्रतिफल रणनीति बनाएर बैक स्थापना गरिएको जानकारी दिए । नवलपरासी क्षेत्रमा ५० रोपनी जग्गा खरिद गरेर पाईलट प्रोजेक्ट संचालन गर्न लागेको उल्लेख गर्दै अधिकारीले प्राकृतिक सौन्दर्य सहित रिसर्च सेन्टरका रुपमा पर्यापर्यटन बढाउने बैंकको लक्ष्य रहेको उनले बताए। जडिबुटी खेति, वन्यजन्तु, पशुपंक्षि पालन, पर्यापर्यटन विकास गर्ने समेत बैंकको लक्ष्य रहेको उनले बताए।

बैंकमा न्युनतम १ लाख देखि ११ लाख १ सय ११ रुपैयासम्मको रकम शेयर सदस्यहरुले लगानी गरेका छन् । २५ करोड शेयर पुँजी रहेको वन उद्यम पूर्वाधार बैंकको चुक्ता पुँजी १ कारोड रहेको छ । बैंकमा ८३ जना लगानीकर्ता रहेका छन् ।

कार्यक्रममा नेपाल वन पैदावर उद्योग ब्यवसायी महासंघका अध्यक्ष मन्जिल बाबू मास्के, संचालक श्यामसुन्दर ढकाल, बासुदेव गिरि, रोजिता अवस्थी लगायतले वनजन्य उद्योग ब्यवसयीलाई मर्यादित बनाउनु पर्ने सुझाव दिएका थिए ।

 

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ३ : २४ बजे

दुर्गा प्रसाईलाई काठमाडौं जिल्ला अदालत पेश

काठमाडौँ । नेपाल प्रहरीबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला

भैरहवामा अन्डर-१९ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता सुरु

भैरहवा । भैरहवामा अन्डर-१९ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता सुरु

रामेछापमा जिप दुर्घटना, एकको मृत्यु, छ घाइते

मन्थली । मन्थली नगरपालिका–५ स्थित सुनारपानीमा बलेरो जिप दुर्घटना हुँदा

गोरखा मिडियाका पूर्वसञ्चालक पूर्व डीआईजी छविलाल जोशी पक्राउ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोग

थारु संग्रहालयमा मुख्यमन्त्री(फोटो फिचर)

दाङ । दाङ दंगिशरण गाउँपालिका-३ चखौरा स्थित थारु सांस्कृतिक संग्रहालयको