६ आश्विन २०८१, आइतबार | September 22, 2024

उद्योग वाणिज्य सङ्घ चितवनको अध्यक्षमा श्रेष्ठ



चितवन । उद्योग वाणिज्य सङ्घ चितवनको अध्यक्षमा चुननारायण श्रेष्ठ निर्वाचित भएका छन् ।

२५ सदस्यीय कार्यसमितिमा १३ जना सर्वसम्मत भएका थिए भने १२ जना मतदानबाट निर्वाचित हुनुभएको थियो । सोमबार सम्पन्न निर्वाचनमा सङ्घको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओली, शिरिष पन्त, सुमन श्रेष्ठ र चिरञ्जीवी सुवेदी निर्वाचित भएका थिए ।

यस्तै वस्तुगत सदस्यहरूमा गुणराज पौडेल, जनक पौडेल, रवीन्द्रकुमार श्रेष्ठ, सन्तोषजनक भुषाल विजयी भएका छन्। यस्तै वाणिज्यतर्फका छ सदस्यमा थीरप्रसाद धिताल, दीपा शाही, धनप्रसाद पोखरेल, नारायण प्रधान, राजन पिया, ज्ञानुप्रसाद न्यौपाने निर्वाचित भएका छन् ।

फागुन २५ गते भएको मनोनयनमा आवश्यक सङ्ख्यामा मात्रै उम्मेदवारी परेपछि सङ्घको कार्यसमिति महिलातर्फ पूर्णिमा श्रेष्ठ, क्षेत्रीयतर्फ रेशमलाल आचार्य, वस्तुगततर्फ डा जीवनकुमार श्रेष्ठ र रजनी मास्के निर्विरोध निर्वाचित भएका छन्। उद्योगतर्फ कार्यसमिति सदस्यमा अशोक अधिकारी, इमान्दु बराल, कृष्णप्रसाद रिजाल, रुद्र सुवेदी, लीलाबहादुर क्षेत्री र योगिता श्रेष्ठ पिया निर्विरोध निर्वाचित भैसकेका छन् ।

सङ्घमा तीन हजार ४३७ मत रहेकामा दुई हजार २०१ जनाले मतदान गरेका थिए । सङ्घका कार्यकारी निर्देशक नीलबहादुर केसीका अनुसार नवनिर्वाचित कार्यसमितिलाई बुधबार पद हस्तान्तरण कार्यक्रम छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  १० : ३३ बजे

हुम्लाबाहेक देशभर डेङ्गी सङ्क्रमण, ६ जनाको मृत्यु

काठमाडौं । हुम्लाबाहेक देशभर डेङ्गी रोगको सङ्क्रमण देखिएको छ ।

दुर्गा प्रसाईलाई काठमाडौं जिल्ला अदालत पेश

काठमाडौँ । नेपाल प्रहरीबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला

भैरहवामा अन्डर-१९ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता सुरु

भैरहवा । भैरहवामा अन्डर-१९ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता सुरु

रामेछापमा जिप दुर्घटना, एकको मृत्यु, छ घाइते

मन्थली । मन्थली नगरपालिका–५ स्थित सुनारपानीमा बलेरो जिप दुर्घटना हुँदा

गोरखा मिडियाका पूर्वसञ्चालक पूर्व डीआईजी छविलाल जोशी पक्राउ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोग