३ आश्विन २०८१, बिहिबार | September 19, 2024

मिडिया कप फुटसल प्रतियोगिताको उपाधि बुटवल टुडेलाई



बुटवल । रुपन्देहीको भलवारी स्थित सनराइज फुटसलमा भएको दोस्रो टेन स्टिल्स मिडिया कप फुटसल प्रतियोगिताको उपाधि बुटवलले टुडेले जितेको छ । ग्लोबल सञ्चार गृहद्वारा आयोजना गरेको फुटसलमा गत वर्षको विजेता बुद्ध सामुदायिक टेलिभिजनलाई पेनाल्टीमा १–० गोल अन्तरले पराजित गर्दै बुटवल टुडेले जित हात पारेको हो । निर्धारित समयमा दुबै टिमले ३–३ गोल गरेपछि नतिजाका लागि पेनाल्टी दिइएको थियो ।

जितसँगै बुटवल टुडेले नगद २५ हजार नगद, मेडल र प्रमाणपत्र हात पारेको छ भने पहिलो मिडिया कपको विजेता बुद्ध सामुदायिक टेलिभिजनले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै प्रतियोगितामा उत्कृष्ट गोलकर्ता बुद्ध टेलिभिजनका रोहित चौधरी भएका छन् भने उत्कृष्ट फरवाड रेडियो लुम्बिनीका मोहन न्यौपाने, उत्कृष्ट खेलाडी दैनिक लुम्बिनीका दिपक न्यौपाने, अनुशासित खेलाडि राज्य टेलिभिजनका विष्णु भुसाल,उत्कृष्ट गोलरक्षक बुद्ध टेलिभिजनका रोहित चौधरी र सर्वाधिक गोलकर्ता बुटवल टुडेका सुसान्त मगर भएका छन् ।

प्रतियोगितामा संचारिका समूह रुपन्देही र क्रियाशिल महिला पत्रकार रुपन्देहीका बीच मैत्रीपूर्ण प्रतिस्पर्धा खेल भएपनि दुवै समूहले कुनै पनि गोल गर्न सकेनन् ।

फटसलकै अवसरमा आयोजक ग्लोबल मिडीयाको तर्फबाट घोषणा भएको उत्कृष्ट खेल पत्रकारिता पुस्कार खेल पत्रकार स्वस्तिक श्रेष्ठले पाएका छन् ।

प्रतियोगिताका विजयी तथा पुरस्कृतहरुलाई नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, ग्लोबल संचारगृहका संचालक गौतम भूसाल, निर्देशक सृष्टि अधिकारी भुसाल, सम्पादक एनबी कंडेल लगायतले पुस्कार प्रदान गरेका थिए ।

मिडिया कप फुटसलको तिलोत्तमा नगरपालिका मेयर बासुदेव घिमिरेले उदघाटन् गरेको थिए । फुटसलको उद्घाटन गर्दै मेयर घिमिरेले स्वास्थ्यका लागि पनि खेलकूद आवश्यक रहेकाले संचारकर्मीहरुका बिच समय समयमा खेल पनि आवश्यक रहेको बताए । साथै उनले संचारकर्मीहरुलाई आवश्यक पर्ने सहयोग गर्न आफू तयार रहेको बताए ।

 

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ९ : ५७ बजे

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षाेल्लासका साथ मनाइँदै

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश

बाँकेमा २ मोटरसाइकल ठक्कर खाँदा दुबै मोटरसाइकल चालकको मृत्यु

नेपालगन्ज । बाँकेका राप्तीसोनारी गाउँपालिकामा २ मोटरसाइकल ठोक्किँदा २ जनाको

प्रधानमन्त्री ओली शुक्रबार न्यूयोर्क जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित

लुम्बिनी प्रदेशसभा सचिवालयले विभेद गरेको टेलिभिजन प्रसारक संघको आरोप

बुटवल । लुम्बिनी प्रदेशसभा सचिवालयले सञ्चार माध्यमहरुलाई बिभेदपुर्ण ब्यवहार गरेको