१९ पुस २०८१, शुक्रबार | January 3, 2025

चीनको चेतावनी – नेपालमा अमेरिकाले सुरु गरेको ‘धम्की कुटनीति’को हामी प्रतिरोध गछौं



काठमाडौं । नेपालमा अमेरिकाले धम्कीको कुटनीति सुरु गरेको भन्दै छिमेकी मित्रराष्ट्र चीनले गम्भीर आपत्ति प्रकट गरेको छ ।

शुक्रबार बेइजिङमा पत्रकार सम्मेलन गरी चीनको परराष्ट्र मन्त्रालयले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न अमेरिकाले नेपाललाई दबाब दिइरहेको आरोप लगाएको छ ।

चीनले एमसीसीमार्फत् अमेरिकाले ‘धम्की कुटनीति’ सुरू गरेको आरोप लगाउँदै प्रतिरोध गर्ने चेतावनी दिएको छ।

नियमित पत्रकार सम्मेलनमा एक पत्रकारले फेब्रुअरी २८ तारिखभित्र एमसीसी पारित गर्न वा पुनर्विचार गर्न, नत्र भने नेपाल-अमेरिका सम्बन्ध प्रभावित हुनसक्ने भनेर दिएको चेतावनीबारे चीनको धारणा माग गरेका थिए । त्यसपछि विदेशमन्त्रालयका प्रवक्ता प्रवक्ता वाङ् वन पिनले भने, ‘अमेरिकाले नेपालसँगको सहकार्यको नाममा ‘धम्की कुटनीति’ सुरू गरेको छ। यसको चीनले प्रतिरोध गर्नेछ।’

एमसीसी अनुमोदन नभए चिनियाँ हस्तक्षेपका कारण आफ्नो अनुदान सहयोग नलिएको बुझ्ने अमेरिकी चेतावनीलाई चीनले ‘धम्कीको कूटनीति’ भनेको हो । आफुहरु यस्तो कुटनीतिको विपक्षमा रहेको प्रवक्ताले स्पष्ट पारेका छन् ।

वाङले नेपालले आफ्नो विकासको स्वतन्त्र बाटो रोज्न सक्ने र साझेदार चयन गर्नसक्ने पनि स्पष्ट पारे । उनले नेपाली जनताले आफ्नो स्वतन्त्र विकासको बाटो छान्न चीनले समर्थन गर्ने बताए। चीन नेपालको छिमेकी मुलुक र विकास साझेदार मुलुक भएको बताउँदै प्रवक्ता वाङले नेपालले आफ्नो देश र जनताको हितका लागि सही छनोट गर्नमा पनि चीनको समर्थन रहने प्रतिक्रिया दिए।

केहीदिन अघि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरी फेब्रुअरी २८ भित्र एमसीसी अनुमोदन गर्न दबाब दिएका थिए । त्यति मात्र होइन उनले एमसीसी अनुमोदन नभए नेपालसँगको सम्बन्ध पुर्नविचार गर्ने र चीनको दबाबको कारण अनुमोदन हुन नसकेको भनि बुझ्ने समेत जनाएका थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ६ : २५ बजे

स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्य बिमा क्षेत्र सुधार गर्न गठित सुधार समितिले

चिसो बढेपछि दाउरा वितरण

टीकापुर । कैलालीको टीकापुर क्षेत्रमा चिसो बढेपछि चोकचोकमा दाउरा वितरण

क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा दुईको मृत्यु, १८ घाइते

लस एन्जलस । अमेरिकाको क्यालिफोर्निया राज्यको एक व्यापारिक भवनमा एउटा

कालिका मानवज्ञान माविमा ‘फुड फेष्टिभल’, विद्यार्थीले पकाए अभिभावकले खाए

बुटवल । देशकै सर्वोत्कृष्ठ सामुदायीक विद्यालयको रुपमा पहिचान स्थापना बनाएको

पूर्वीनाकाबाट पर्यटकको आगमन बढ्यो

झापा । स्थलमार्ग हुँदै पूर्वीनाका काँकडभिट्टाबाट नेपाल भित्रिने तेस्रो मुलुकका