काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेका सांसदहरूलाई संसद् अवरोध अन्त्य गर्न आग्रह गरेका छन् ।
बैठक प्रारम्भ भए लगत्तै रोस्टम अगाडि आएर एमाले सांसदहरूले अवरोध गरेपछि सभामुख सापकोटाले राज्य सञ्चालनको ४२ वटा विद्येयक पारित गर्न बाँकी रहेको भन्दै अवरोध अन्त्य हुनुपर्ने बताए ।
संसदमा बारम्बार अवरोध गर्नुलाई राम्रो मान्न नसकिने उनले बताए । संसद् बैठकमा छलफलको वातावरण बनाउन सभामुख सापकोटाले अनुरोध पनि गरे । एमालेले २३ फागुनदेखि निरन्तर संसद् अवरोध गर्दै आएको छ ।
प्रतिक्रिया