२७ पुस २०८१, शनिबार | January 11, 2025

राष्ट्रिय गौरवका आयोजनाको काममा ढिलाइ



काठमाडौं । सरकारले निकै महत्वाकांक्षाकासाथ अघि सारेको मुलुकभरका विभिन्न राष्ट्रिय गौरवका आयोजनाको काममा ढिलाइ भएको पाइएको छ । यस्ता राष्ट्रिय गौरवका आयोजनामा विनियोजन गरिएकोभन्दा निकै कम मात्रै बजेट खर्च भएको दखिएसँगै अहिलेसम्मको कामको प्रगतिमा पनि ढलाइ भएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ का लागि विनियोजित बजेटको अर्धवार्षिक समीक्षामा पनि राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत सञ्चालित विभिन्न परियोजनाको खर्च न्यून भएको पाइएको हो ।

सरकारले चालू आर्थिक वर्षका लागि विभिन्न २५ वटा आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाको रूपमा समावेश गरेको थियो । जसअनुसार ती योजनाका लागि ८२ अर्ब २४ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको थियो । विनियोजित बजेटमध्ये चालू आवको बितेका ६ महिनाको अवधिमा जम्मा १६ दशमलव ३९ प्रतिशत मात्र बजेट खर्च भएको पाइएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री जर्नादश शर्माले चालू आर्थिक वर्षका लागि विनियोजित बजेटको अद्र्धवार्षिक समीक्षा गर्दै सार्वजनिक गरिएको तथ्यांकअनुसार मुलुकको राष्ट्रिय गौरवका आयोजनाका लागि चालू खर्चतर्फ ३ अर्ब ३८ करोड ४६ लाख रुपैयाँ, पुँजीगततर्फ ६६ अर्ब ४७ करोड रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ १२ अर्ब ३८ करोड ४६ लाख रुपैयाँ गरी कुल ८२ अर्ब २४ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । यसरी विनियोजन गरिएको बजेटअन्तर्गत चालू आर्थिक वर्षको बितेका ६ महिनामा चालूतर्फ १ अर्ब ३६ करोड ८० लाख रुपैयाँ, पुँजीगततर्फ ११ अर्ब ६३ करोड ६ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ४८ अर्ब ५० लाख रुपैयाँ गरी १३ अर्ब ४८ करोड ३६ लाख रुपैयाँ खर्च भएको छ ।

अर्थ मन्त्रालयले तयार पारेको अर्ध वार्षिक समीक्षा तथ्यांकअनुसार पुष्पलाल (मध्य पहाडी) राजमार्ग आयोजनामा २४ दशमलव १ प्रतिशत बजेट खर्च भएको छ । सो आयोजनाका लागि ८ अर्ब १३ करोड ३३ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा थियो । समिक्षा अवधिमा १ अर्ब ९६ करोड ४६ लाख रुपैयाँ मात्र बजेट खर्च भएको छ ।

यसैगरी, हुलाकी राजमार्गका लागि ६ अर्ब ३९ करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा हालसम्म २ अर्ब ४४ करोड ९९ लाख रुपैयाँ खर्च भएको छ ।

त्यसैगरी, उत्तर दक्षिण लोकमार्गका लागि १ अर्ब ११ करोड १४ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा १५ करोड ९० लाख रुपैयाँ मात्र खर्च भएको छ, उत्तर दक्षिण लोकमार्ग (कालीगण्डकी करिडोर मालढुंगा–राम्दी) परियोजनका लागि २ अर्ब ४२ करोड ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा समीक्षा अवधीमा जम्मा ७७ करोड ७२ लाख रुपैयाँ र उत्तर दक्षिण लोकमार्गका लागि ५८ करोड ८९ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमध्ये ५ करोड २६ लाख रुपैयाँ मात्र बजेट खर्च भएको छ ।

त्यसैगरी, रेल मेट्रो रेल तथा मनोरेल विकास आयोजनाका लागि ६ अर्ब ५३ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएकोमध्ये ९५ करोड ६२ लाख रुपैयाँ मात्र खर्च भएको छ । काठमाडौं तराई मधेस द्रुतमार्गका लागि ८ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमध्ये १ अर्ब ४० करोड ८४ लाख रुपैयाँ, गल्छी त्रिशूली मैलुङ स्याफ्रुेबेसी रसुवागढी सडक आयोजनाका लागि १ अर्ब ६२ करोड १७ लाख रुपैयाँमध्ये ८२ करोड ५९ लाख रुपैयाँ मात्र बजेट खर्च भएको छ ।

त्यसैगरी, बहुप्रतीक्षित देशको राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका लागि ३ अर्ब ७२ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन भएमध्ये १८ करोड ५० लाख रुपैयाँ मात्र खर्च भएको छ । यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका लागि १३ अर्ब ४१ करोड २९ लाख रुपैयाँ बजेट विनियोजन भएमध्ये ८ अर्ब ५० करोड रुपैयाँ मात्र खर्च भएको छ ।

त्यसैगरी, पशुपति क्षेत्र विकास कोषका लागि ३५ करोड रुपैयाँ बजेट विनियोजन भएमध्ये समीक्षा अवधिमा जम्मा ८ करोड ५१ लाख रुपैयाँ मात्र खर्च भएको छ । त्यस्तै, बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि ७ अर्ब ९९ करोड ५८ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमध्ये अहिलेसम्म जम्मा १८ करोेड ६५ लाख रुपैयाँ मात्र खर्च भएको छ । सो खर्च पनि अझै पूर्वाधार निर्माणमा नभएर अधिकरण गरिएको जग्गाको मुआब्जा वितरणमा मात्र खर्च भएको छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ७ : ४२ बजे

अनुगमनलाई तिब्रता दिन प्रदेश स्तरीय संयन्त्र निर्माण गरिन्छ : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उपभोक्ताको हित संरक्षण

देशका खोलानालामा आवश्यक वातावरणीय बहाव कम भएकामा जलस्रोतविद्हरुको चिन्ता

काठमाडौं । जलविद्युत् वा सिँचाइका लागि नदी तथा खोलाको पानी

कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु

बोगोटा । उत्तरपश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा

राष्ट्रिय प्रशारण लाइनले उज्यालो बन्दै मनाङ

मनाङ । मनाङको पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस

संसद तालाबन्दी गरेर ल्याएको अध्यादेश राष्ट्रपतिले अस्वीकार गर्नेछन् : सोविता गौतम

काठमाडौं संघीय संसदको हिउँदे अधिवेसन नबोलाएकोमा असन्तुष्टी बढदै गएको छ