९ माघ २०८१, बुधबार | January 22, 2025

मोरिससविरुद्धको जितपछि फिफा वरीयतामा नेपालको दुई स्थान सुधार



काठमाडौं । अघिल्लो साता माेरिससविरुद्ध घरेलु मैदानमा प्राप्त दुई मैत्रीपूर्ण जितपछि नेपालले फिफा वरीयतामा दुई स्थान सुधार गरेको छ ।

बिहीबार विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपालले दुई स्थान सुधार गर्दै १६७ औं स्थानमा रहेको हो ।

यसअघिको वरीयतामा नेपाल १६९ औं स्थानमा थियो । दक्षिण एसियाली राष्ट्रको वरीयताको भने तेस्रो स्थानमा रहेको छ । भारत पहिलो स्थानमा रहँदा माल्दिभ्स दोस्रो स्थानमा रहेको छ । भारत १०४ औं र माल्दिभ्स १५७ औं स्थानमा छ ।

नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन् । भुटान १८५ औं, बंगलादेश १८६ औं, पाकिस्तान १९७ औं र श्रीलंका २०४ औं स्थानमा छन् ।

विश्व वरीयतामा नम्बर एकमा बेल्जियम यथावत् छ । यस्तै ब्राजिल, फ्रान्स, अर्जेन्टिना, इंग्ल्यान्ड, इटाली, स्पेन, पोर्चुगल, डेनमार्क र नेदरल्यान्ड क्रमशः दोस्रोबाट दशौं स्थानसम्म रहेका छन् ।

 

 

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ४ : ३९ बजे

हुम्लाको सिमकोटमा खानेपानीको समस्या

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा यतिबेला खानेपानीको समस्या भएको छ

बङ्गलादेशको विमानस्थलमा बमको धम्की

ढाका । इटालीको रोमबाट ढाकाका लागि उडेको बङ्गलादेश एयरलाइन्सको विमानमा

विकेटको क्षतिमा अष्ट्रेलियाले जोडयो ८६ रन

काठमाडौं । नेपालले सुरूवातमा राम्रो गरे पनि अष्ट्रेलिया आक्रामक देखिएका

डिशहोम ईन्टरनेट वार्षिक जडानमा थप ३ महिनाको बोनससहित निशुल्क फाइभ जी राउटर अफर

काठमाडौ । डिशहोमले आफ्नो सबै ईन्टरनेट ग्राहकहरूलाई लक्षित गर्दै आफ्नो

जलपर्यटन : ‘भर्जिन ल्याण्ड’ सुदूरपश्चिमले फर्काउन सक्छ लय

काठमाडौं । “भन्छन् नि पश्चिममा सूर्य पनि अस्ताउन मात्रै आउँछ