३१ भदौ २०८१, सोमबार | September 17, 2024

यात्रुले मास्क लगाउन अस्वीकार गरेपछि मध्यआकाशबाटै फर्कियो विमान



न्युयोर्क । फ्लोरिडाको मियामी सहरबाट लन्डन उडेको अमेरिकी एयरलाइन्सको एउटा विमान मध्य आकाशबाटै फर्किएको छ । विमानभित्रका एक यात्रुले मास्क लगाउन अस्वीकार गरेपछि विमान मध्यआकाशबाटै फर्किएको हो । मास्क लगाउन नमानेपछि अमेरिकन एयरलाईनको उडान ३८ को बोइङ ७७७ मध्यआकाशबाट फर्किएको थियो । विमानमा १२९ यात्रु थिए ।

फर्किएर विमान अवतरण गर्ने वित्तिकै प्रहरीले अटेर गर्ने यात्रुलाई पक्राउ गरेको थियो । अमेरिकन एयरलाइन्सले ती यात्रुलाई आगामी दिनमा आफ्ना कुनै पनि उडानमा सेवा नदिने जनाएको छ ।

अमेरिकामा आन्तरिक उडानका क्रममा कोभिड नियम पालना अस्वीकार गर्नेविरुद्ध शून्य सहनशिलता अप्नाउने संघीय उड्यन प्रशासनले बताउँदै आएको छ ।

मास्क लगाउन नमान्ने यात्रुले विमान परिचारिकालाई दुव्र्यवहार गरेको विवरण सार्वजनिक भइरहेका बेला पछिल्लो घटना सार्वजनिक भएको हो । -एजेन्सी

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  १२ : २८ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित