२ मंसिर २०८१, आइतबार | November 17, 2024

कोरोना कहरः त्रिविमा पढाइ बन्द भए पनि परीक्षा नरोकिने



काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण विभाग तथा क्याम्पसको पढाइ माघ १० गतेसम्म बन्द हुने भएका छन् ।

कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्न यस्तो निर्णय गरिएको त्रिविले जनाएको छ । अन्य विश्वविद्यालयले पनि भौतिक उपस्थितिमा पढाइ बन्द गर्नेबारेमा छलफल गरिरहेका छन् ।

त्रिविको निर्णयसँगै मुलुकभरका अधिकांश शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पढाइ बन्द भएको छ । त्रिविले उच्च शिक्षाको ७५ प्रतिशत भार ओगटेको छ ।

विद्यालय तहको पढाइ माघ १५ सम्मका लागि बन्द गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसअघि नै निर्णय गरिसकेको छ । सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने यसअघि नै सरकारले निर्णय गरेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या पनि दैनिक बढिरहेको छ ।

त्रिविमा पढाइ बन्द हुने भए पनि यसअघि नै तय गरिएका र हाल सञ्चालनमा रहेका परीक्षालाई स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने निर्णय त्रिवि कार्यकारी परिषद्ले गरेको छ ।

त्रिविले अहिले स्नातक तह चौथो वर्षको परीक्षा सञ्चालन गरिरहेको छ । तेस्रो वर्षको परीक्षा माघ अन्तिम साताबाट सञ्चालन गर्ने परीक्षा नियन्त्रण कार्यालयको तयारी छ । आजको गोरखापत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ७ : २४ बजे

जिसस ओखलढुङ्गा प्रमुखमा एमालेले उम्मेदवार नउठाउने

ओखलढुङ्गा । जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी

आन्तरिक पर्यटकको रोजाइमा डडेल्धुराको कस्याडाँडा

डडेल्धुरा । अमरगढी नगरपालिका-७ मा अवस्थित कस्याडाँडा पछिल्लो समय आन्तरिक

नेपाल टेलिकमको अवरुद्ध सेवा सञ्चालन

काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवा आज बिहान केहीसमय अवरुद्ध

गृहमन्त्री लेखकसित एसएसबी महानिर्देशकको भेटवार्ता

काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल

समुद्री सतहमुनिको बाकुबाट सर्वोच्च शिखर सगरमाथाको सन्देश : ‘हिमालको हिउँ जोगाऔँ’

बाकु । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको