३ चैत्र २०८१, आइतबार | March 16, 2025

सरकारको निर्णय : आन्तरिक हवाई यात्रामा खोप कार्ड अनिवार्य, २५ जना भन्दा बढी भेला हुन रोक



काठमाडौं । कोरोना भाइरसको संक्रमण पुनः तीब्र गतिमा बढ्न थालेपछि सरकारले केही क्षेत्रमा प्रतिबन्धात्मक व्यवस्था गर्न थालेको छ ।

आइतबार बसेको कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ ।

बैठकको निर्णयमा भनिएको छ, ‘अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालय मार्फत लेखी पठाउन सिफारिस गर्ने ।’ बैठकले बैठकले सार्वजनिक स्थलमा हुने राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गरेको छ । नियमित हुने कार्यक्रम पनि स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने पनि बैठकले निर्णय गरेको छ ।

यस्तै, आन्तरिक हवाइ उडानमा यात्रा गर्न सबै यात्रुका लागि अनिवार्य खोप कार्डको व्यवस्था गरेको छ । यो व्यवस्था माघ ३ गतेदेखि लागु हुनेछ । खोप कार्ड भएका यात्रुले मात्रै बोर्डिङ पास पाउनेछन् ।

यसैगरी सरकारले अब होटल छिर्दा समेत खोप कार्ड देखाउनुपर्ने अनिवार्य गरेको छ ।

 

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ७ : ३८ बजे

चिनियाँ कलाकारद्धारा लुम्बिनी विकास कोषमा भेटघाट

लुम्बिनी । चिनियाँ कलाकारहरुले बुद्ध र लुम्बिनीसँग सम्बन्धित चलचित्र बनाउने

कालीगण्डकी नदीमा दुई मजदुर मृत फेला

तानसेन । पाल्पाको बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा दुई मजदुर मृत

हिमवत्खण्ड सम्मेलन : विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विविधतायुक्त संस्कृति र सम्पदालाई

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा केन्द्रीय समितिको बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक आह्वान गर्ने

बिआरआई कार्यान्वयनका लागि राष्ट्रिय सहमति आवश्यक : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनले अघि सारेको ‘बेल्ट एन्ड