२६ पुस २०८१, शुक्रबार | January 10, 2025

सुख्खा पहिरोले अवरुद्ध स्याफ्रुबेँसी-रसुवागढी राजमार्ग सञ्चालन



रसुवा । सुक्खा पहिरोका कारण अवरूद्ध स्याफ्रुबेँसी-रसुवागढी खण्डको राजमार्ग पूर्णरूपमा सञ्चालन भएको छ ।

राजमार्ग खुला भएसँगै यात्रुबाहक बस, चीनबाट आयात मालसामान बोक्ने कन्टेनर डिब्बालगायत सबै प्रकारका सवारी साधन निर्वाधरूपले आवतजावत गर्न थालेका छन् ।

पहिरोले क्षति बनाएको विद्युत् खम्बा तथा तारसमेतको नयाँ व्यवस्थापनबाट टिमुरे तथा रसुवागढी क्षेत्रको अवरूद्ध विद्युत् नियमित भइसकेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए ।

गोसाइँकुण्ड गाउँपालिका-३ बृद्धिम इलाका क्षेत्रअन्तर्गत कलाङकुलुङ खोला नजिक माथिबाट झरेको सुक्खा पहिराले राजमार्गको साथै विद्युत्, टेलिफोन तथा इन्टरनेटसमेतका सेवा यही २० गतेदेखि अवरूद्ध भएको थियो ।

राजमार्ग सञ्चालनका लागि डिभिजन सडक कार्यालयको अलावा, स्थानीयस्तरमा सञ्चालित जलविद्युत् आयोजनाले डोजर उपलब्ध गराई सहयोग गरेको प्रजिअ जैसीले बताए ।

ठूलो सुक्खा पहिरो भएका कारण सुरक्षाकर्मीको रोहवरमा सावधानीपूर्वक कार्य गराउँदा निकै समय खर्चिनुपरेको थियो । ठाडो भिर पाखाको राजमार्ग भएका कारण हुनसक्ने खतराबाट जोगिन स्याफ्रुबेँसी-रसुवागढी खण्डमा पैदलयात्रा गर्दा वा सवारी साधन आवतजावत गराउँदा भू-धरातलको अवस्था हेरेर मात्र रोक्न वा अडिन जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको छ ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ८ : ४८ बजे

पाँच महिनामा पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार

संसद्लाई संसद्जस्तै रहन दिऔँ

काठमाडौँ । नेपालले संसदीय संरचना र संसद्को सर्वोच्चतासहितको शासकीय प्रणाली

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको भाउ ३ दिनदेखि लगातार बढेको

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी प्राथमिकताका साथ भइरहेको छ : राखेप सदस्यसचिव घिसिङ

कर्णाली । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले दशौँ राष्ट्रिय

गुल्मीमा सुन्तला उत्पादन बढ्यो

गुल्मी । गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा बृद्धि भएसँगै यहाँका