१९ चैत्र २०८१, मंगलबार | April 1, 2025

चिट चोर्न नदिएको भन्दै आरआर क्याम्पसमा परीक्षार्थीले कुटे शिक्षक



काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा परीक्षार्थीबाट शिक्षक कुटिएका छन् ।

क्याम्पसका उपप्राध्यापक ऋषिकेश दाहालका अनुसार चिट चोर्न रोक्दा कलेजमा शिक्षक प्रकाश पुडास‌ैनीमाथि आक्रमण भएको हो । उनको टाउकोमा सात टाँका लगाउन परेको दाहालले जनाएका छन् । पुडासैनीको मोडल अस्पतालमा उपचार भइरहेको छ ।

कुटपिटका प्रत्यक्षदर्शीमा अर्का उपप्राध्यापक जगत नेपालले कक्षा सकेर निस्किँदा आरआरमा एक विद्यार्थीले शिक्षकलाई निर्घात कुटेको देखेको बताए । ‘मेरो आँखै अगाडि घटना भयो,’ उनले भने ।

उनकाअनुसार घटनाबारे अहिले विद्यालय प्रशासनमा छलफल भइरहेको छ । शिक्षक पुडासैनीलाई कुट्ने परीक्षार्थी कुँवेर जेठारा हुन् । घटनापछि स्नातक तह प्रथम वर्षमा बीएसडल्बुको आजको परीक्षा स्थगित भएको छ । परीक्षा स्थगित गरेर दुबै पक्षबीच छलफल भइरहेको क्याम्पस प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  १२ : ४२ बजे

आम माफी दिइएकामा युएई सरकारप्रति कृतज्ञता व्यक्त

काठमाडौँ । सरकारले पवित्र महिना रमादान एवं ईद पर्वका अवसरमा

जापानमा एसियन ब्रिज ईन्टरनेशनल स्कुलको औपचारीक उदघाटन

टोकियो, जापान । जापानको टोकियो स्थीत एसियन ब्रिज इन्टरनेशनल स्कुलको

दिपक बोहराका पार्थिव शरिर भैरहवा लगिने

काठमाडौं। आज बिहान निधन भएका प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र

शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बोहोराको निधनप्रति

आज मध्यरातदेखि संसद् अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका चालु