९ मंसिर २०८१, आइतबार | November 24, 2024

फर्जी सदस्यता थपेको भन्दै कांग्रेस बाँकेको निर्वाचन कार्यालयमा तालाबन्दी



नेपालगन्ज । नेपाली कांग्रेस बाँकेमा असन्तुष्ट पक्षहरूले १४औं महाधिवेशनलाई प्रभावित पार्ने गरी पार्टीको निर्वाचन कार्यालयमा बुधबार साँझ तालाबन्दी गरेका छन् । पार्टीको संस्थापन पक्षले एकलौटी निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने उद्देश्यले फर्जी नाम थप गर्नको लागि पहल गरेको भन्दै निर्वाचन कार्यालयमा तालाबन्दी गरिएको हो ।

बाँके निर्वाचन क्षेत्र नम्बर १, बैजनाथ गाउँपालिकाको(८ र खजुरा गाउँपालिका(३ मा गरी २ सय ३९ जनाको नाम छुटेको भन्दै थप्नका लागि केन्द्रीय निर्वाचन कार्यालय सानेपामा पठाइएको जानकारी आफूहरूले पाएपछि तालाबन्दी गर्नु परेको बाँके निर्वाचनका प्रत्याशी बन्ने तयारीमा रहेका पत्रकार महासंघका पूर्व महासचिव पोषण केसीले जानकारी दिए ।

बाँके निर्वाचन क्षेत्र नम्बर १ को क्रियाशील सदस्यता विवादका कारण तोकिएको मितिमा हुन नसकेको वडा अधिवेशन विवाद समितिले सुल्झाएर कात्तिक २७ गते सम्पन्न गर्नेगरी तयारी गरेको थियो । तर, एक्कासि क्षेत्र नम्बर १ का सभापति माधवराम खत्रीलगायतको टोलीले २ सय ३९ जनाको नाम छुटेको भन्दै केन्द्रीय निर्वाचन कार्यालय सानेपामा पठाएपछि विवाद चुलिएको नेविसंघ बाँकेका अध्यक्ष पूर्ण शर्माले जानकारी दिए ।

तालाबन्दी गर्दा पार्टी सभापति किरण कोइरालालगायतका पदाधिकारीको सहभागिता रहेको शर्माले बताए । उनले भने,‘संस्थापनले पेलेर जानखोजे आफूहरू जस्तोसुकै मूल्य चुकाउन पनिपछि नपर्ने तर, थप्नको लागि पठाएको नाम खारेज नगरेसम्म वडा तहका निर्वाचनका कुनै पनि प्रक्रिया अघि बढ्न दिँदैनौं ।’

पूर्व प्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइरालाको गृह जिल्लामा संस्थापन पक्षले पेलेरै जाने नीति बनाएको स्थानीय नेताहरूको गुनासो छ । क्रियाशील सदस्य बारे सबैभन्दा बढी विवाद क्षेत्र नम्बर १ मै थियो ।

आउँदो २७ गते वडा अधिवेशनको तयारीमा रहेको बेलामा निर्वाचन परिणाम नै प्रभावित बनाउने गरी फर्जी व्यक्ति थप्न खोजेका कारण तालाबन्दी गर्न बाध्य भएको कांग्रेस नेता केसीले बताए । उनले भने, ‘लोकतान्त्रिक पार्टी विधि विधान र पद्धतिबाट चल्नुको सट्टा एक व्यक्तिलाई क्षेत्रीय सभापति बनाउने मोहमा संस्थापन पक्षले सबै कुरा मिचेर जानथालेपछि विरोधमा उत्रिनुको विकल्प रहेन ।’

असन्तुष्ट पक्षले निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि पार्टी कार्यालय परिसरबाट बाहिरिँदै गरेका प्रमुख निर्वाचन अधिकृत तोकिएका अधिवक्ता रेवती रमण भट्टराईले बाँकेमा क्रियाशील सदस्यता थपेको बारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ९ : १२ बजे

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि

काठमाडौं । ‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि अभियान’

भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता

काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी तथा श्रीमती

सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सोमबारदेखि सुरू, कुल नगद पुरस्कार ६७ लाख ३२ हजार

काठमाडौं । सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सोमबारदेखि सुरू

विवाहपञ्चमीको तयारी सुरु

जनकपुर । यही मङ्सिर २१ गते जनकपुरधाममा आयोजना हुने रामजानकी