१० मंसिर २०८१, सोमबार | November 26, 2024

लुम्बिनी प्रदेश च्याम्बर अफ कर्मसले मुख्यमन्त्री केसीसमक्ष राख्यो ३२ बुँदे माग



बुटवल । लुम्बिनी प्रदेश च्याम्बर अफ कमर्सले आफ्ना विभिन्न मागहरुप्रति मुख्यमन्त्री कुलबहादुर केसीको ध्यानाकर्षण गराएको छ ।

च्याम्बर अफ कमर्सका प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेल लगायतको टोलीले मुख्यमन्त्री केसीसमक्ष ३२ बुँदे मागपत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो ।

संस्थाका अध्यक्ष पोखरेलले सरकार र निजी क्षेत्रबीच सहकार्य, समन्वय र सह अस्तित्व सुनिश्चितताका लागि सरकारलाई पहल गर्न माग राखिएको बताए ।

निजीक्षेत्र मैत्री बजार नीति तथा कानूनहरुको अबिलम्ब निर्माण गर्न सरकारको ध्यानाकर्षण गरिएको उनले बताए । समन्वय, सहकार्य र सहअस्तित्वको संवैधानिक सिद्धान्तलाई आत्मसात गर्दै निजी क्षेत्र प्रदेश सरकारसँग आवश्यक समन्वय र सहकार्य गर्न तयार छ ।

त्यसका लागि हाम्रो अभिभावकको रुपमा रहेको प्रदेश सरकारले आवश्यक वातावरण बनाउनेछ भन्ने अपेक्षा एवं विश्वास लिएका छौं उनले भने ।

मुख्यमन्त्री केसीलाई बुझाइएको मागपत्रमा प्रदेश सरकारले सञ्चालन गरेका सामाजिक कार्यक्रम, सूचना तथा सञ्चार क्षेत्र, कृषि औद्योगिकरण, उत्पादन तथा बजारिकरण तथा पर्यटन जस्ता दिर्घ महत्व भएका योजनाहरुमा निजीक्षेत्रसँग समन्वय गरेर अगाडी बढ्न आग्रह गरिएको छ ।

निकासी पैठारीका लागि सरकारले निकै कम कानूनहरु निर्माण गरेको बताउँदै च्याम्बर्स अफ कमर्सले नीति तथा कानून निर्माण प्रकियामा सरकारले निजी क्षेत्रलाई पनि सहभागी गराउनुपर्ने माग राखेको छ ।

त्यस्तै प्रादेशका राजश्व संकलक कार्यालयहरुलाई कर दातामैत्री बनाउन तथा भन्सार केन्द्रित अर्थतन्त्र निरुत्साहित हुनेगरी सरकारी नीति बनाउन सरकारसमक्ष माग राखेको छ ।

मागपत्रमा प्रदेशमा उपलब्ध कच्चा पदार्थमा आधारित उद्योगको स्थापना तथा बिकासलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरिएको छ ।

प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा आफूहरु उत्सुक भएको जनाउँदै च्याम्बर अफ कमर्सले सम्मेलनमा निजी क्षेत्रको सहकार्यलाई उच्च महत्व दिन आग्रह गरेको छ ।

मागपत्रमा भनिएको छ लगानी सम्मेलन र प्रदेशमा उत्पादित सामग्रीहरुको प्रदर्शनी मेला आयोजनालाई उपलब्धीमुलक ढंगले सम्पन्न हुने गरी निरन्तरता दिन र त्यस्ता कार्यक्रमहरु आयोजना गर्दा नीजि क्षेत्रलाई सहकार्यको अवसर प्रदान गर्न आग्रह गर्दछौं ।

त्यस्तै बुटवलको मोतिपूर औद्योगिक क्षेत्रको निर्माण कार्य अगाडि बढाउन पहल गरी प्रदेशमा लगानी र ओद्योगिकीकरणको आधार तयार गर्न पनि सरकारसमक्ष आग्रह गरिएको छ ।

यसअघिका दुई वटा लकडाउनले अर्थतन्त्रलाई धरासायी पारेको अवगत गराउँदै च्याम्बर अफ कमर्सले मुख्यमन्त्री केसीसमक्ष कोभिड १९ को लागि भ्याक्सिन, स्वास्थ्य उपकरण तथा अस्पताल शैय्याको उचित व्यवस्थापन गर्न पनि माग गरेको छ ।

मागपत्रमा कोभिड १९ न्यूनिकरणका लागि लकडाउनलाई अन्तिम बिकल्पका रुपमा नदेख्न सरकारलाई आग्रह गरिएको छ भनिएको छ, औपचारिक र अनौपचारिक क्षेत्रमा काम गर्ने मजदूरहरु सम्पूर्णलाई अविलम्ब खोपको व्यवस्था गर्न पनि सरकारसमक्ष आग्रह गर्दछौं ।

संस्थाका अध्यक्ष पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा बजेटमा उल्लेख गरिएका प्रदेश गौरबका आयोजनाहरुलाई तिब्रता दिन, बुटवल भैरहवालाई अन्तराष्ट्रिय ब्यापारिक केन्द्रको रुपमा बिकास गर्न, स्वदेशमा नै रोजगारी र उत्पादनका अवसरहरु सिर्जना गर्न, लुम्बिनी आउने पर्यटकहलक्षित पूर्वाधारहरुको निर्माण गर्न र पूर्वाधार निर्माणमा सरकार र नीजि क्षेत्रले गर्ने पूर्वाधार निर्माणको मापदण्ड तयार गरी तिब्रता दिन माग राखिएको छ ।

स्थानीय उत्पादनलाई प्रोत्साहन दिन स्थानीय उत्पादनहरुसँग प्रतिस्पर्धा गर्न नसक्ने गरी भइरहेको आयात प्रतिस्थापन गर्ने तर्फ आवश्यक ध्यान दिन माग गर्दछौं,  मागपत्रमा उल्लेख छ ।

त्यस्तै प्रदेशको सरकाले विज्ञको अनुसन्धान तथा सहयोगमा प्रोजेक्ट बैंक तयार गरी प्रोजेक्टहरुमा लगानीका लागि स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्नेखालका कार्यक्रमहरुमा निजी क्षेत्रसँग सहकार्य गर्न आग्रह गरिएको छ ।

मागपत्र बुझ्दै मुख्यमन्त्री केसीले प्रदेशको विकासका लागि निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताउँदै मागलाई सरकारले छिट्टै छलफलमा लैजाने बताए । उनले निजी क्षेत्रसँग सरकारले हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ८ : २१ बजे

नेपालगन्ज भन्सारमा स्क्यानर मेसिन नहुँदा समस्या

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयको जमुनाह नाकास्थित यात्रु आगमन कक्षमा

महिला आयोग १६ दिने अभियान मनाउन व्यस्त, आयोगको ढोका बाहिर पीडित अलपत्र

काठमाडौं । तनावग्रस्त अवस्थामा राष्ट्रिय महिला आयोगको गेटैमा भेटिइन्, कलङ्की

धितोपत्र बोर्डको अध्यक्षमा पेट्रोलियम ढुवानी व्यवसायमा बिवादीत व्यवसायी सन्तोषनारायण श्रेष्ठ नियुक्त

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा इन्धन ढुवानी व्यवसायमा

नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी सङ्गठनको बृहत्तर हितका

खजुरा क्यान्सर अस्पतालमा सिटी स्क्यान सञ्चालनमा आयो, लिन्याक मसिन चल्ने कहिले ?

खजुरा । सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा आगलागीका कारण