२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

आफ्नै सपनाहरु !



कवि डिबी गुरुङ

छरेको थिएँ धान
अनि
उमारेको थिएँ बीऊ
रोपेको थिएँ असारमास
खेतका गराहरुमा छुपुछुपु !
दर्के झरिमा थिएनन् स्यागु र छत्री पनि
न थिए ओत लाग्ने प्लाष्टिक र टहराहरु !
खाएका थिए खुट्टाका ओैंलाहरु
पैतालाहरु त चाल्नाजस्तै थिए हिलोले
झरिले जीउ रुझेपनि
प्यासले प्याक प्याक थियो ओंठ-मुख !
तैपनि रोपिरहें
विश्वासका बीऊ
फुल्ने,झुल्ने र फल्ने आशमा !
भोको पेटले अघाउने सपनामा रोपेको थिएँ बीऊ
मनको मल मिसाएको थिएँ अलिकति
आँसुका दानाहरुले सिंचाई गरेको थिएँ
गोडमेल गर्ने हातहरु
थाकेनन् कसैगरी
अनि
लाग्यो रहर लाग्दो गरि दाना
झुल्यो लरिबरी गर्दै फाँटहरुमा
मनको भकारीमा राख्न नभ्याउँदै
थिच्यो पानीले
मिच्यो पानीले
घिच्यो पानीले
मिहिनेतको पसिनाले सकेन आकासे पानी थेग्न १
चुर्लुम्म डुब्दै
उठाई रहेछु
धानका बालाहरु
जहाँ मेरा सन्तानका भोकहरु लुकेका छन्
वर्तमानका पीडा र शोक लुकिरहेका छन् ।
म उठाईरहेछु
डुबिरहेका आफ्नै सपनाहरु !

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ९ : ०४ बजे

लेक लागेर पर्यटकको मृत्यु

मनाङ । तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर एक जना

सरकार नसुध्रिए बंगलादेश र श्रीलंका बनाउने सांसद सिंहको चेतावनी

काठमाडौं । प्रतिनिधिसभा सदस्य समेत रहेका राप्रपा नेता दीपकबहादुर सिंहले

जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ : प्रधानमन्त्री ओली

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट

लुम्बिनी प्रदेश भलिबल संघको अध्यक्षको जिम्मेवारी योग गुरुङलाई

बुटवल । लुम्बिनी प्रदेश भलिबल संघको विशेष साधारणसभाले योग गुरुङलाई

वन क्षेत्रबाट अपेक्षा अनुसार राजस्व संकलन नहुँदा मुख्यमन्त्री आचार्यको गम्भीर चिन्ता : करको दायरामा ल्याउन जोड

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन क्षेत्रबाट अपेक्षाअनुसार