२ बैशाख २०८२, मंगलबार | April 16, 2025

लोप हुँदै पिङ संस्कृति



नेपाली समाजमा वर्षमा एक पटक भूईं छोड्नु पर्छ भन्ने भनाइ छ । त्यसैले चाडबाडका बेला बनाइएको पिङमा एक पटक भए पनि खेल्ने प्रचलन छ । उत्सव, चाडबाडका बेला मनोरन्जनका लागि खेलिने पीङ शहर बजारमा मात्र नभइ गाउँ बस्तीमा लोप हुँदै गएको छ ।

दशंैका बेला मिठोमसिनो खाने, मान्यजनबाट आर्शिवाद लिने मात्र होइन, रमाइलो गर्न पिङ खेल्ने चलन पुरानो हो । गाउँ गाउँ, टोल टोलमा रोटे र लिङ्गे पिङ बनाउने चलन छ । तर, पछिल्लो समय पिङ खेल्ने चलन कम हु“दै गएको छ ।

नेपाली समाजमा भनाइ छ, ‘असारमा हिलोमा पस्नु असोजबेला भुईं छोड्नु’ । असारमा धान रोप्न हिलोमा पस्ने र असोजमा लिंगे वा रोटेपिङ खेल्ने सयौं बर्ष पुरानो चलन हो । तर समयसँगै यस्ता मैलिकता परम्परा एवं संस्कृति हराउँदै गएको छ । आधुनिक प्रविधि र मनोरञ्जनका अनेक साधनको स्थापनाले नेपाली मौलिक महत्व बोकेको पिङलाई अहिलेको पुस्ताले बिर्संदै गएका छन् । वर्षमा एक पटक धर्ती छाड्नुपर्छ भन्ने मान्यताका साथ पिङ हाल्ने र दशैँमा पिङ खेल्ने चलन आधुनिक जीवनशैलीसँगै हराउ“दै गएको संस्कृतिविद् गोविन्द टण्डन बताउँछन् ।

चाडवाडका बेला आफन्तसँगै पिङ खेल्ने र पिङ खेल्ने स्थानमा आफन्त, साथीसंगीसँग भेटघाट गर्ने चलन छ । केटाकेटीहरु रमाइलोका लागि पिङमा झुत्तिन्छन् । युवायुवती तथा प्रौढहरु टीकाको दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा एकपटक पिङ खेल्न पुग्छन् । वयस्क युवायुवतीहरु एउटै लठारोमा चढेर लिङ्गे पिङ मच्चाउँछन् । जसलाई दोहोरी खेलेको भन्ने गरिन्छ ।

पिङ खेल्नाले खेल्ने मान्छेलाई त शारिरीक व्यायम हुनुका साथै धकेल्ने मान्छेलाई पनि व्यायम हुने चिकित्सक बताउँछन् । पछिल्लो पुस्ताले भने पिङको महत्व र मज्जा थाहा पाउने सम्भावना कमै रहेको छ । समय प्रविधिको विकाससँगै मानोरन्जको साधन फेरिएर होला पिङ खेलेर मनोरन्ज लिने जमात पनि कम हुँदै गएको छ । यस्तै हो भने भावी पुस्ताले दसैं तिहारजस्ता चाडबाडमा पिङ राख्ने चलनललाई भिडियो र तस्बिरमा मात्र देख्ने दिन आउन सक्छ । त्यसैले आफ्नो संस्कृति बचाइराख्न हामी आफैं लाग्नु पर्दछ ।

 

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहिबार  ११ : ०३ बजे

भैरहवा र पोखराबाट उडान गर्न कतार एयरवेजलाई नेपालको आग्रह

काठमाडौँ । कतार एयरवेजले नेपालमा उडान सङ्ख्या बढाउन चासो देखाएको

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो, ग्यासको यथावत

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

जागरण अभियानका क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितको टोली बर्दघाटमा

नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तराई मधेश

नेपाली सेनाको पदयात्रा टोलीलाई पाल्पामा स्वागत

पाल्पा । नेपाली सेनाको पदयात्रा टोली पाल्पा आइपुगेको छ ।

बुटवलमा उत्पादीत भोला, करेन्ट र जीत ब्राण्डको गुट्खा, सुर्तीलाई देशैभर बिक्रि वितरणमा रोक

काठमाडौं । उपभोक्ताको अधिकार र सुरक्षालाई ध्यानमा राख्दै वाणिज्य, आपूर्ति