१३ मंसिर २०८१, बिहिबार | November 28, 2024

एउटा अधुरो प्रेमकथाः भेट्दै नभेटी गइन् लक्ष्मी



दाङ । वैदेशिक रोजगारीका क्रममा साउदी अरब रहेका रोल्पा त्रिवेणी गाउँपालिका-७ गाङका ४४ वर्षीय प्रदीप परियारको ‘फेसबुक’मार्फत भोजपुर षडानन्द नगरपालिकाकी ३५ वर्षीया लक्ष्मी राईसँग प्रेम बस्यो ।

एकअर्कालाई ‘कहिल्यै नेदेखेका’ उनीहरूबीच यति अगाध प्रेम बस्यो कि विवाह नै गर्ने निधोमा पुगे । घण्टौं प्रेमका कुरा हुन्थे । जसले ‘विवाह गरिहाल्न’ उनीहरूलाई उत्साहित पारिरहन्थो । परियार साउदी अरब, राई भोजपुरमा । प्रेमप्रति अगाध विश्वास । उनीहरूको प्रेमलाई ‘न भूगोलले छेक्यो, न त जात’ले नै । विवाहको तगारो थियो त भौतिक उपस्थिति मात्रै ।

परियार स्वदेश फर्कन खोजे तर मिलेन । यसपछि उनीहरूबीचको सहमतिअनुसार ७/८ महिनाअघि राई भोजपुरबाट रोल्पा पुगिन् । परियारकै घरमा बसिन्, परिवार चलाइन् । प्रेमीले विदेशबाट पठाएको रकम सदुपयोग गरिन् । छरछिमकले जेसुकै भनून् रु खासै महत्व दिइएन । किनकि, निकट भविष्यमै उनीहरूबीच विवाह गर्ने योजना थियो । प्रेम विवाहमा परिणत गर्ने उनीहरूको एउटै लक्ष्य थियो ।

भनिन्छ, ‘प्रेम अन्धो हुन्छ ।’ यही विश्वाससाथ प्रेमिका राई ‘औपचारिक विवाह’ नै नभई परियारकी ‘श्रीमती’ बनिसकेकी थिइन् । परियारको परिवारमा थिए । एक्लो जीवन बिताइरहेका ८७ वर्षीय बाबु भाइराम दमाई मात्रै । राई ‘बुहारी’का रूपमा आएपछि भाइराम पनि मख्ख थिए । ससुराको रेखदेखदेखि घरगृहस्थीसम्म सम्हालेकी थिइन्, राईले । यसले परदेशमा रहेका परियारलाई सन्तोष मिलेको थियो ।

जीवनमा एकैपटक पनि ‘भौतिक’ रूपमा नदेखेका महिलाले आफ्नो घर सम्हालेको, वृद्ध बाबुको स्याहारसुसार गरेको कुराले प्रेमिकाप्रति परियारको विश्वास अगाध बढ्यो । तर, सोचेजस्तो जीवन नहुने रहेछ । आइतबार जे घटना भयो, त्यो परियारको सपनामा ‘पूर्णविराम’ बन्यो । प्रेम विवाहमा परिणत गर्ने उनको योजना भताभुंग हुन पुग्यो । वृद्ध पिता भाइरामको बुढेसकालको सहारा खोसियो । प्रेमिका मेलापात गर्न गएको बेला आइतबार भिरबाट लडेर मृत्यु भएपछि परियारको सपना तुहिएको छ ।

रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० नरेश सुवेदीका अनुसार राई आइतबार ‘घाँस काट्न’ भनेर बाख्रासहित नजिकै जंगलमा गएकी थिइन् । सँगै गाउँले पनि थिए । गाउँलेले उनी हिँड्न थालेको बाटो ‘धेरै अप्ठयारो भएको’ भन्दै राईलाई ‘नजान’ भने । तर, त्यसअघि पनि ‘त्यो बाटो हिँडेसकेको’ हुनाले उनले मानिनन् ।

परिणाम, भिरबाट लड्न पुगिन् । र, घटनास्थलमै मृत्यु भयो । घटनास्थल पुगेको प्रहरी टोलीले राईले ‘आफू जोगिन बुट्यान तथा झार जंगल समात्न प्रयत्न गरेको’ देखिएको जनाएको छ । डीएसपी सुवेदी ‘भिर माथिल्लो भागदेखि नै उनका कपडाका टुक्राटाक्री फेला परेको, कतै झार उखेलिएको, भिरबाटै पल्टिँदै मुनि पुग्दा शरीरभर घाउ चोट लागेको’ बताउँछन् ।

राईको शव पोस्टमार्टमका लागि दाङ घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । पोस्टमार्टमपछि शव रोल्पा ल्याएर प्रक्रिया पूरा गरिने भएको छ ।
डीएसपी सुवेदीले सामाजिक सञ्जालबाट नजिकिएर विवाह बन्धनमा बाँधिन रोल्पा आएकी राईको प्रदीपसँग भेट नभएरै जीवन लीला समाप्त भएको सुनाए । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ६ : ५९ बजे

नियमित अन्तर्राष्ट्रिय हवाइ उडानका लागि मुख्यमन्त्री आचार्यको संघ सरकारसँग ३ माग

भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान

प्रधानमन्त्रीको चीन भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत, एजेण्डा अर्को बैठकमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा हुने चीन भ्रमणलाई

मेडिकल व्यवसायी प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धानका लागि थुनामा

२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक, चितवन मेडिकल कलेजको ५ सय शय्या

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन अनुमति प्राप्त गरेका

मनोचिकित्सक सङ्घको राष्ट्रिय सम्मेलन नेपालगन्जमा

नेपालगन्ज । नेपाल मनोचिकित्सक सङ्घको दुई दिने १०औँ राष्ट्रिय सम्मेलन