६ मंसिर २०८१, बिहिबार | November 21, 2024

कन्टिनरको आभा (भाग-२)



बच्चालाई घर लगेपछि बालमिकी परिवारले पारम्परिक संस्कारको डोरी पछाउँदै दुईदिन पछि भए पनि ६ दिने छैटी र ११ दिने बरई विधि पनि सम्पन्न गरे । नाम राखे, “कृष्णभरोसे” । त्यसमा आपूmलाई संस्कारले टीका लाइदिएको जात,“बालमिकी”थपे । पूर्ण नाम “कृष्णभरोसे बालमिकी”भयो ।
०००
कालक्रमको अग्रगति । नैसर्गिक शारीरिक विकास । ममताको प्रेमिलो सिँचाईमा, कृष्याभरोसे । ऊ अहिले पाँचौं वशन्तको खुट्किलो टेकिरहेको थियो । बालमिकी दम्पत्तिले पहिलो छोराको नाम माया गरेर कल्लु राखेका थिए, अलिकति कालो भएकोले । कल्लुलाई चार बर्षमा स्कूल भर्ना गराइदिएका थिए, नेपालगञ्जको नाम चलेको ब्राइटलैण्ड स्कूलमा । आफनो जातीय पेशा फोहोरसंग जोडिएको भए तापनि नयाँ पुस्तालाई यो नियति भोगको घेराबाट बाहिर पार्ने, उनीहरुको आकांक्षा । आर्थिक रुपमा नगरपालिकाले दिने दुई जनाको तलबको अतिरिक्त शहरका अन्य केही निजी महलहरु पनि उनीहरुको कर्मपथमा जोडिएको थियो ।

कथाकार

कल्लु स्कूल भर्ना भएको चार बर्ष भएको थियो । ऊ बल्लं लोअर केजीबाट अपर केजीको खुट्किलोमा उक्लेको थियो । सरकारी स्कूलमा पढिरहेका उसका दिदीहरु कक्षा चार र तीनमा झुण्डिए तापनि राम्रोसंग नेपाली उच्चारण गर्न जानेका थिएनन् । झोला र ड्रेस लाएर स्कूल जान भ्याइरहेका थिए मात्र । ती सबैको दिमागले स्कूलमा सिकाएको जे जति समात्न सक्यो त्यतिमै सीमित थिए । कारण, पढाएको बिषय दिमागमा राख्न सक्ने खुबीको कमी र घरमा होमवर्क गर्ने वातावरणको अभाव । नाम मात्रको स्कूल यात्रा थियो, उनीहरुको । उपयुक्त वातावरण नभएका कारण स्कूल भर्ना गरिएका बालबालिकाहरुको पढाई त्यसैले अलुनो थियो ।
छोरालाई अंग्रेजी स्कूलमा पढाएर चलनचल्तीको मुखमा झुण्डिएको शब्द– डाक्टर बनाउने झिङुर दम्पत्तीको सपना विपरित दिशातिर गैरहेको थियो । सपना पूरा हुने लक्षणको छेउ टुप्पो त्यो छोराबाट पाउन सकेका थिएनन् ।
अब स्कूल भर्ना हुने पालो आयो, भर्खर पाँच बर्षमै पदार्पण भएको कृष्णभरोसे बालमिकीकोे । भरोसे स्कूल भर्ना भयो । किञ्चित भेदभाव नराखी समान अर्थ लगानी गरेर दुबै छोराहरुलाई बोडिङ्ग स्कूल भर्ना गरेका थिए, बालमिकी दम्पत्तिले । भरोसे नर्सरी कक्षामा भर्ना भयो ।

भरोसेको लक्षण भिन्न प्रकृतिको निस्क्यो । प्रारम्भ देखि नै स्कूलमा शिक्षकहरुले सिकाएको लेशनहरु त्यहीँ कण्ठस्थ पारेर चिल्लो पात देखाइरहेको थियो । होमवर्कमा उसलाई कसैको सहायता चाहिएन, कक्षा अध्ययनकै भर ।
प्रकृतिले दिएको माटो, अभिभावकले सोझ्याएको बाटो । आपूmले टेकेको शैक्षिक धरातलमा नर्सरी देखि नै, मलिलो बन्य नर्सरीमा रोपण गरिएको उन्नत जातको वृक्ष जस्तै थियो,भरोसे । शिक्षाको नर्सरीमा टेकेको भरोसेले कहिल्यै तेश्रो स्थानमा झर्न परेन,पहिलो दोश्रो कक्षा बाहेक । त्यसैले उसले पढ्ने निजी व्यापारी विद्यालयले दुई बर्ष शुल्क लिए तापनि भरोसेको उत्कृष्ट क्षमताको मूल्यांकनले उसको लागि विद्यालयलाई पूर्ण छात्रवृत्ति दिन हौसाएको थियो । यसरी क्रमशः खुट्किलो चढ्दै भरोसे दशमा पुग्दा उसको दाई कल्लु आठमा ।

कृष्णभरोसेको लक्षण देखेर मूल्याङकन गरिरहेका गाउलेहरुबाट उसको प्रतिभालाई लिएर काला सेता चर्चाका हावाहरुले गाउँ हल्लाएको थियो–
“भङ्गिका दुई जनाले कन्टिनरमा पाएर ल्याएको बच्चा त कस्तो ट्यालेन्ट पो रहेछ, यार । यस्तो बच्चालाई कन्टिनरमा फालेर जाने कस्ती अभागी,दुष्ट आइमाई होेली ? विचरा, कस्सो यी भङ्गीहरुको नजरमा परेछ र पो ।”
कोही भन्थे– “आ..आखिर भङ्गीको छोरो न हो, जति पढेनि पछि उही सडक, चर्पीतिर सोझिने त होला नि, ब्यार्थै स्वाङ्ग ।”
कोही बुज्रुक भन्थे– “बुद्धिमा जात टाँस्सिने हो र ? बुद्धि भन्या बुद्धि नै हो । उसले हिड्ने जीवनको अर्को बाटो पनि त पाउन सक्छ,राम्रोसंग पढ्दै,बढ्दै गयो भने बाजी मार्न के बेर ?”
कोही भन्थे– “हो साँचै, केटो तीक्ष्ण बुद्धिको, प्रतिभाशाली छ । भन्न सकिन्न । यसको भाग्य राम्रो छ जस्तो छ । यस्तोले कुनै राम्रो स्थान पाउन पनि त सक्छ ।”…अस्तु ।

गतिमान समयको एक क्षण । कृष्णभरोसे होमवर्कमा व्यस्त थियो भने कल्लु गुच्चामा रत । झिङ्गुर कर्मक्षेत्रमै व्यस्त । कुन्नी चिखवा मण्डीबाट खशीको आन्द्राभुँडी ल्याएर सफा गरिरहेकी थिई । देवर नाता पर्ने गाउँको नत्थुराम बालमिकीले कुन्नीलाई भुँडी सफा गर्न मद्दत गर्दै गफको सिलसिला उचाल्यो–
“भाउजी एक बात कहीथे, तुआर अपन लड्का कल्लु से तो यी लड्का पढाईमैअँ बहुत तेज लागथे । स्कूलमे कहाथे यी लड्का स्कूलकाही टप है । हमका लागथे यिन्ही लड्का तुआर जिन्दगी बनाई । जाहाँसे लाए हो,तुमलोग भाग्यवान हो भाउजी ।”
नत्थुको कुराले एक कुनामा होमवर्क गरिरहेको कृष्णभरोसेको एकटुक्रा ध्यान भाँच्चिएर भुँमरीमा खसी तरङ्गित भयो । अनि उकुसमुकुसिएको जिज्ञासाको तीर नत्थुतिर तेर्सायो–
“का बात है काका? हम कल्लु दादाके भाइ और अम्मा बाबके सग्गे लड्का नहोई का ?आप का काथो.?”
दुबिधामा नत्थु–“अस कोइ बात नाइ है बेटा । तु अपन किताव मैअ ध्यान कर् ।”भनेर सिलसिलाको डोरी वीचैमा छिनाइदियो ।
भरोसे आशंकामा गुटमुटिदै आमातिर सोझियो–
“अम्मा ! हम आपका सग्गे लड्का नहोइ का? नत्थुकाकाके बाततो कुछ औरेहिन लागथे । सच का है ?मुझे बताइए न अम्मा ?”
अहिलेसम्म लोग्ने, स्वास्नीले गाँठो पारेर मनको बाकसमा थन्क्याइराखेको रहस्य नत्थुबाट फुत्किएपछि बिलखबन्दमा परेकी कुन्नीले आत्मसंयम गर्दै नेपथ्य उघारी –
“बाबु, तलाई ठूलो भएपछि मात्र आवश्यक परे भनौँला नत्र नभन्न भनेर लुकाई राखेको रहस्यको बाकसको ताला नत्थुकाकाले बङ्गाइदिनु भयो । अब मैले खोल्नै पर्ने भयो । मन नलागी नलागी । हुन त देखिजान्ने गाउँलेहरुको मुख कतिदिनसम्म थुन्नु ? धेरैदिनसम्म सकिन्थेन होला । जे भए पनि अहिलेसम्म बानबुन पारेर राखेको तेरो जिन्दगीसंग जोडिएको सत्यको पेटारो यस्तोछ,लौ हेर–

सुन बाबु ! सडक र चर्पीको काम, हाम्रो जातले जिम्मा पाएको र गरिआएको भन्छन् मान्छेहरु । हाम्रो जागिर पनि त्यसैमा अडिएको छ,बलियो गरी । हामीले खोज्नुभन्दा पहिले अरुले नै हामीलाई खोज्दै आउछन् ।
हामी, नगरपालिकाले दिएको जागिरको कर्तव्य निभाउन सदा झैँ दुईजना बिहानै मिरमिरे नहुँदै उठेर सडक बढार्न गएका थियौं । बढार्दै जाँदा सडक छेउको एउटा कन्टिनरमा बच्चा चिच्याएको आवाज सुनियो । म झस्केँ,डरले । तेरो बाले अगि सरेर कन्टिनरमा हेर्दा सालनाल समेतको बालक तँ भेटिइस् । …तर चिन्ताको कुरा केही छैन बाबु । सुन्दै जा… । पहिलेको जस्तो चिच्याएको आवाज थिएन । मत्थर भैसकेको थियो । छात्ति धुकधुक गरिरहेको थियो । हामीलाई दया र मायाले मन फतक्क गलायो । मुटु चुडिने जस्तो भयो । छामछुम पारियो, आवाज । एक मुठी धुकधुकी रहेछ, अलिकति ताप रहेछ । हुने रहेछ भने बचाउनु प¥यो भनेर मेरो दुपट्टामा बेरेर हामीले अस्पताल पु¥यायौं । अस्पतालका डाक्टर पनि साह्रै जा..ती रहेछन् । उनले घाँटीमा झुण्डिएको यन्त्रले हेरे । नर्सलाई तुरुन्त धोई पखाली गर्न लगाएर आई सी यु मा भर्ना गरे । अनि हामीलाई भने–
तै कस्सो समयमै ल्याइपु¥याउनु भयो,बेलैमा फेला पार्नु भएछ । अलि ढिलो भएको भए सम्भव थिएन । अनि डाक्टरसावले चिन्ता मान्दै भन्नु भयो,आफूले जन्म दिएको छोरालाई त्यसरी कन्टिनरमा छोड्ने त्यो कस्ती पाषाण हृदय भएकी आमा हो । त्यस्तालाई धिक्कार छ भन्नु भयो । अनि यसको बाबु आमा अबदेखि तपाईहरु नै हुनुहोस । घरमा लगेर राम्रोसंग पालन पोषण र पढाई लेखाई गरिदिनु होला । समय समयमा यहाँ जचाउन ल्याउनु होला भन्नु भयो र हामीले एकहप्तापछि तलाई अस्पतालबाट डिस्चार्ज भएपछि यहाँ घर ल्याई दुईदिन पछि परे पनि आफ्नो छोराको संस्कार,छैटी र बरई गरी पूरा माया दिएर हुर्काइएको हो बाबु,तलाई ।

त्यसो भएर तँ हाम्रै छोरो होस । कल्लुको सग्गे भाई होस । आफनो मनलाई कहिल्यै,अन्त कतै नडुलाएर बलियो पारी राखेस्, सधैभरि । आफनो भविष्य बनाउनतिर मात्र लाग । सकिस् भने तँ पनि त्यस्तै डाक्टर हुने गरी राम्रो मन लाएर पढ । मेहनत तेरो, लगानी हाम्रो । यो जिम्मा हामी लिन्छौँ, भङ्गी काम गरेर भए पनि । कल्लुको त भरोसा छैन, ठूलो मान्छे बन्ने । तैले लछिन देखाछस् । तेरो आश लाग्याछ । गाउँलेहरु, कोही गाउँकै राम्रो मान्छे बनोस् भन्छन् । कोही उडाउँछन् । कुरा काट्छन् । ती कसैको मुखतिर वास्ता गर्ने हैन । आफ्नै अगाडिको भविष्य हेर्ने हो बाबु । यस्तै हो समाजमा मान्छेहरु थरीथरीका हुन्छन् । जसले जेसुकै सोचुन् । कसैतिर ध्यान नदिएर राम्रोसंग पढ्दै जा ।ं इख राखेर ठूलो मान्छे हुन्छु भनेर अरु सबैलाई जित्ने गरी पढेस बाबु । राम्रोसंग पढेर राम्रो नम्बर ल्याइयो भने स्कूलले, सरकारले पनि छात्रवृत्ति दिन्छ रे ।”कुन्नीको लामो यथार्थपरक भावाभिव्यक्ति ।
पछि वीचमा आएर कुन्नीको कुरा सुनिरहेको झिङ्गुरले घिउमा मह थप्दै भन्यो–
हो, तेरी आमाले भनेको कुरा सयका सय सत्य हो, बाबु । तैले अन्तकतै मन नलाएर आफनो पढाईतिर मात्र ध्यान दिएस् । एउटा भङ्गीको छोरो पनि डाक्टर भयो भनेर तेरो नाम रोसन हुनेछ । हामीलाई गौरव हुनेछ । समाजमा तेरो ठूलो मान सम्मान,इज्जत हुनेछ ।

एकछिन बालक कृष्णभरोसेको अनुहारमा कालो बादलले ढाके पनि आमा, बाबुको आश्वासनले उसको मन खुलेको आकाश जस्तो कञ्चन भएर उर्जा भरिएपछि उसको उत्साहले उडान भ¥यो, अन्तरिक्षको ।

०००

प्राथमिक कक्षादेखि नै मेधावी भरोसेका लागि प्रथम स्थानले निरन्तरता पाइरह्यो,हरसाल । उसको मिहिनेत र मेधावित्वले प्रफुल्ल झिङ्गुर बालमिकी दम्पत्तिको मनलाई यथेच्छ आर्थिक लगानी गर्न हौस्याए तापनि उसको छात्रवृत्तिले नै उनीहरुलाई पर्ख र हेर बनाएको थियो ।

यसरी बाबु आमाको उकेराले लक्ष्यको बाटो निर्धारण गरेर पढाईमा डुबेकोले मायाको छोरो किशोर कृष्णभरोसेले एसएलसीमा उत्कृष्ट नतिजा हासिल गर्न सफल भयो । गौरवले प्रफुल्लित हुँदै एकदिन झिङ्गुरले, छोरालाई लिएर उसलाई जीवन दिने,खुला दिल र उच्च विचारका धनी डाक्टर प्रमोद शर्मा काँ भेट गरेर खुशी साट्ने र भविष्यको पढाईको बिषय बारे सल्लाह लिने उद्देश्य राखी भेट गराउन लग्यो ।
समय मागेर डाक्टरसंग भेट भएपछि झिङुर आाफूले दश औंलाको अभिवादन गरेर छोरालाई “तलाई जीवन दिने डाक्टर साव उहाँ नै हुनुहुन्छ । डाक्टर सावलाई प्रणाम गर” भन्दै दुबैपक्षलाई परिचित गरायो । भरोसेले खुट्टामै ढोग गरेर कृतज्ञता प्रकट गर्न खोज्यो तर डाक्टरले हात सोझाउदै भने–

“भो बाबु,खुट्टामा हैन हातमा । धन्यवाद । कति राम्रो रहेछ,बाबु । तर तपाईले मैले भनेको कुरा विर्सनु भएछ जस्तो लाग्यो । हैन झिङुर दाई?
झिङ्गुर– “सत्य कुरालाई धेरै दिन थामथुम पार्न काँ सकिदोरहेछ र,साव । गाउँलेहरुबाटै उदाङ्गियो नि । गाउँमा गाँईँ गुँइ चलेको हल्ला हाम्रो भाई पर्ने नत्थुराम बालमिकीबाट बाहिर निस्कियो ।
हामीले मनैमा थन्काएर राखेको रहस्य उद्घाटित भएपछि यसकी आमाले सबै वृतान्त खुलस्त पारिदिएर ‘यस कारण पनि तेरा बाबुआमा हामी नै हौँ । तैले पढाईलाई नै लक्ष्य बनाएर पढ्दै जा । अरुका कुराहरु एउटा कानबाट छिरे पनि अर्को कानबाट निकालेर हावामा उडाइदे । इखालु भएर मेहनत गरी पढ्दै जा । पैसा जति लाग्छ, हामी पु¥याइदिन्छौंँ । त्यसको फल पछि तैँले अवश्य पाउनेछस्,खुशी हामीलाई पनि हुनेछ, बाबु । केही फिक्री नमानेर,मनमा दह्रो अठोट बनाएर बिद्यालाई चौडा राजमार्गमा दौडाउदै अगाडि बढ्दै जा’ भनेपछि उसको अनुहारमा पोतिएको कालो बादल फाटेर उघ्रिएको कञ्चन आकाश जस्तो भयो । अनि पढाईतर्फको यसको एकाग्रता र हाम्रो माया,आश्वासन,हौसला र उत्पे्ररणाले खुशी हुँदै खुब मेहनत गरी पढेकोले एसएलसीमा उत्कृष्ट स्थान ल्याउन सफल भयो साव । सानैदेखि राम्रोसंग पढेकोले स्कूललाई फिस पनि तिर्न परेको थिएन । त्यै भरोसा लाग्दो पढाई भएकोले पनि उत्साहित गरियो । यो सफलतामा उसको लगनशीलता र हाम्रो वात्सल्यता रहेकोछ साव । यो खुशीलाई अब यसलाई जीवन दिने डाक्टरसावसंग पनि बाडौँ, अनि यसको भविष्यको बाटोका बिषयमा पनि ज्ञान लिउँ भनेर आको साव” ।
प्रसन्न हुँदै डाक्टर प्रमोद शर्मा–

“अति राम्रो गर्नु भो तपाईहरुले । यो बिशेष बालकलाई मैले खुशीको खबरसाथ भेट्न पाएँ । अत्यन्त खुशी लाग्यो । बाबुलाई पनि बधाई,तपाईलाई पनि बधाई तथा धन्यवादछ, झिङुर दाई । अनि तपाईलाई मैले भनेको थिएँ नि हैन? बच्चो भाग्यमान पनि हुन सक्छ भनेर । मानिसको भाग्य जन्मले निर्धारण गर्ने नभई अभिभावकको आकांक्षा,अनुकुल वातावरण, प्रोत्साहन र विद्यार्थीको लगनशीलता,दृढ संकल्प र अठोटले निर्धारण गर्नेहो । हेर्नुस झिङुर दाई, यो धर्तिमा जन्म लिएको अधिकांश मान्छे केही न केही बिशेषता लिएरै आएको हुन्छ । मानिसको बाल्यजीवन एउटा कच्चा माटो हो, त्यसलाई आकार दिने काम अभिभावकको हो । तपाईहरुको हौसला, उत्साह र यिनको दृढ अठोट र लगनशीलताको यो प्रतिफल हो । मलाई अत्यन्त खुशी लाग्यो,एउटा अज्ञात बालकको क्षमता र भाग्य देख्दा । यो बाबुको अबको बाटो त मेरो विचारमा यिनलाई सबैभन्दा राम्रो व्यवसायिक प्राविधिक शिक्षा तर्फ नै लाइदिनु बेस होला । किनकी यो प्राविधिक शिक्षा रोजगारीको भरपर्दो आधारभूमि हो । फुर्सद भने हुन्न तर जागिर÷रोजगारी भरपर्दो हुन्छ । मान्छेले जीवनलाई सकृय त राख्नै पर्छ नि । हुन त जुन बिषयमा भए पनि बिषय विशेषज्ञता हासिल गरेपछि अरु बिषय पनि राम्रै हुन्छ । त्यसमध्ये मेरो विचारमा स्वास्थ्य क्षेत्र अझ ठीक होला । त्यसमा यिनलाई म पनि सहयोग गर्न सक्छु ।

आफनो जीवन दिने डाक्टरबाट आफूप्रति पाएकोे सदाशयता र सुझावप्रति कृतज्ञ हुँदै कृष्णभरोसेले भन्यो–
“धन्यबाद सर । हजुरबाट मप्रति भएको उपकार, मैले पाएको यो जीवनका बारेमा त बखानै गरी साध्य छैन, जसको म असाध्य ऋणीछु । सरको सुझाव मेरो लागि सदा शिरोधार्य रहनेनैछ ।.मलाई पनि त्यस्तै इच्छाछ सर, डाक्टर बन्ने । सकिएलाकि, नसकिएला, भविष्यले बताउला तर इच्छा त छ सर ।
खुशीको आभासमा डाक्टर– “धन्यवाद । ल राम्रोसंग पढ्दै जाउ । “जहाँ इच्छा त्यहाँ उपाय”अवश्य हुन्छ । म पनि यथौसर सहयोग गरौंला । तिम्रो आत्माको मूल कल्कल् गर्दै समुन्द्रतिर वह्यो भने असीम गहिराईको सम्पत्ति आफ्नै आँखाले देख्नेछौ, अनि समाउन पनि सक्नेछौ । हिड्दा खुट्टा भुँइमा भए पनि दृष्टि अगाडि राख्नुपर्छ । असल कामनाबाट विराट उत्कण्ठा जन्मिन्छ । त्यही उत्कण्ठा र सकारात्मक चाहनाबाट मीठो फल प्राप्ती हुन्छ । जराले रुखलाई ‘तिमी मीठो फलदिने बने’ भन्छ रे । हामी (तिम्रो बा आमा, म) पनि तिम्रो मीठो फलको आशावादी छौं । तिम्रो जीवन फलोस,फुलोस । ल तिमीलाई शुभ कामना छ ।
उमङ्गको पखेटा फट्कार्दै झिङ्गुर बाबुछोरा घर फर्किए ।

 

 

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  १२ : ०८ बजे

एघार एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर अन्तर्राष्ट्रिय उडान गर्ने ११

मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न परिपत्र

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक

नेपाल वायुसेवा निगमद्वारा टिकटमा छुट

काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिएको छ

निर्धक्क भएर उद्योग व्यवसायमा लगानी गर्नुस, सरकारले संरक्षण गर्छ : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रुपन्देहीको तिलोत्तमामा सुरु