२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

परराष्ट्रमन्त्रीमा डा.नारायण खड्का नियुक्त, १ बजे सपथ



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेको छन ।

नियुक्त गरेको जानकारीसहितको पत्र प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयमा पठाएको छ ।  दिउँसो १ बजे राष्ट्रपति भवन शीतलनिवासमा शपथ गराउने गरी तयारी गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । खड्काले आजै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गर्नेछन् ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै खड्का आज बेलुकी साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट न्यूयोर्क प्रस्थान गर्नेछन् ।

उदयपूर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य खड्का यसअघि सुशील कोइराला नेतृत्वको सरकारमा सहरी विकास मन्त्री थिए । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार रहेका खड्का योजना आयोगको पूर्व उपाध्यक्षसमेत हुन् ।

हाल उनी कांग्रेसको विदेश विभाग प्रमुखसमेत रहेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ११ : ४७ बजे

कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द

मकवानपुर । कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने

प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी

बुद्धमाई अस्पताललाई एक लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही

समस्याग्रस्त घोषित सहकारीको दायित्व भुक्तानी गर्न सार्वजनिक सूचना

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज

दैलेख । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध