२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

आजबाट ४३ स्थानमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा



काठमाडौं । सरकारले चाडबाडको अवसरमा आमउपभोक्तालाई लक्षित गरी आजबाट सुपथ मूल्य पसल सञ्चालन गर्ने भएका छ ।

सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुलुकका ३९ जिल्लाका ४३ स्थानमा आजबाट सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको हो ।

सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । हरेक वर्ष दसैँ, तिहार र छठ पर्वका वेला सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको छ ।

महँगी बढेको वेला सरकारले सहुलियत दरमा खाद्य वस्तुहरू बिक्री-वितरण गर्दा आमउपभोक्तालाई केही राहत मिल्ने गरेको छ । कम्पनीले यस वर्ष चामल, दाल, चिउरा, पिठो र तेलमा रु पाँच तथा भटमासको तेल, मासु र कर्णाली सिमीमा रु १० छुट दिनेछ ।

कम्पनीले काठमाडौं उपत्यकामा खाद्यको थापाथली, रामशाहपथ, नक्खु, लगनखेल र सूर्यविनायक बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्य सामग्री बिक्री वितरण हुने जनाएको छ ।

यस्तै, उपत्यकाबाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत स्थानबाट खाद्य वस्तु बिक्री वितरण हुने बताइएको छ । यस वर्ष खाद्य कम्पनीले च्याङ्ग्रा ल्याउने सम्भावना कम रहेको जनाएको छ ।

कोभिडका कारण कम्पनीले गत वर्षसमेत च्याङ्गाको बिक्री वितरण रोकेको थियो । खाद्य कम्पनीसँगै साल्ट टे«डिङ कर्पोरेसन र दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्ना बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएका छन् ।

यो वर्ष कोभिड संक्रमणलाई ध्यानमा राख्दै उपभोक्ताको भिडभाड नहुने गरी खाद्यान्न बिक्री-वितरण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्देशन दिएको छ । सुपथ मूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ७ : २९ बजे

लेक लागेर पर्यटकको मृत्यु

मनाङ । तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर एक जना

सरकार नसुध्रिए बंगलादेश र श्रीलंका बनाउने सांसद सिंहको चेतावनी

काठमाडौं । प्रतिनिधिसभा सदस्य समेत रहेका राप्रपा नेता दीपकबहादुर सिंहले

जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ : प्रधानमन्त्री ओली

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट

लुम्बिनी प्रदेश भलिबल संघको अध्यक्षको जिम्मेवारी योग गुरुङलाई

बुटवल । लुम्बिनी प्रदेश भलिबल संघको विशेष साधारणसभाले योग गुरुङलाई

वन क्षेत्रबाट अपेक्षा अनुसार राजस्व संकलन नहुँदा मुख्यमन्त्री आचार्यको गम्भीर चिन्ता : करको दायरामा ल्याउन जोड

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन क्षेत्रबाट अपेक्षाअनुसार