२० चैत्र २०८१, बुधबार | April 2, 2025

गाउँगाउँ पुगेर बङ्गुरपालनको व्यावसायिक प्रशिक्षण



झापा । घरै बसेर परिवारका सदस्यले थोरै लगानीमा सजिलै बढी आम्दानी गर्न सकिने व्यवसायका रुपमा पछिल्लो समय बङ्गुरपालनप्रति गाउँका किसानको आकर्षण बढ्दै गएको छ ।

परम्परागतरूपमा गरिने बङ्गुरपालनलाई आधुनिक र व्यावसायिक बनाउन सक्ने हो भने यसमा लागेका किसानको आर्थिकस्तर नै फेरिने सम्भावना रहेको बताइएको छ ।

यही सम्भावनालाई दृष्टिगत गर्दै नेपाल वेलहोप एग्रिटेक प्रालि र मेरीगोल्ड बङ्गुर फार्मले परम्परागत बङ्गुरपालन गर्दै आएका किसानलाई व्यावसायिक बनाउन सघाउने उद्देश्यले गाउँगाउँ पुगेर विज्ञद्वारा प्रशिक्षण प्रदान दिने अभियान सञ्चालन गरेको छ ।

ती संस्थाले झापा, मोरङ, सुनसरी र उदयपुरमा बङ्गुरपालनको पकेट क्षेत्र मानिएका पालिकामा किसानलाई भेला गरेर व्यावसायिक बङ्गुरपालनका बारेमा वैज्ञानिक प्रशिक्षण प्रदान गरिरहेका छन् ।

यही क्रममा शुक्रबार झापाको बाहुनडाँगीमा जिल्लास्तरीय एक दिवसीय प्रशिक्षण कार्यक्रम गरिएको हो । झापाका १५ पालिकाबाट सहभागी १५० भन्दा बढी किसान सो प्रशिक्षण कार्यक्रममा सहभागी भएका छन् ।

किसानलाई आधुनिक बङ्गुरपालनका लागि आवश्यक पर्ने खोर, पाठापाठीको प्रजाति, दाना र औषधिसम्बन्धी उपयोगी जानकारी प्रदान गरिएको मेरीगोल्ड बङ्गुर फार्मका सञ्चालक पुनम राईले बताए ।

नेपाल वेलहोप एग्रिटेक प्रालिका प्रबन्ध निर्देशक कुमार पौडेल, डा सुवास रेग्मी र डा नगेन्द्र खड्काले किसानलाई प्रशिक्षण दिएका थिए । परम्परागत तरिकाले भन्दा आधुनिक ढङ्गले बङ्गुरपालन गर्दा बढी फाइदा हुने जानकारी प्रशिक्षणबाट पाएको कार्यक्रमका सहभागी अभिषेक लिम्बूले बताए ।

प्रालिका प्रबन्ध निर्देशक पौडेलले उदयपुरको गाईघाट र बेलटार, सुनसरीको धरान र इटहरी, मोरङको पथरी तथा झापाको मेचीनगरमा बङ्गुरपालन व्यवसाय फस्टाइरहेको हुँदा यसलाई आधुनिक, व्यावसायिक र उन्नत तुल्याउन प्रशिक्षण अभियान सञ्चालन गरिएको जानकारी दिए ।

प्रालिले उच्च चिनियाँ तथा नेदरल्याण्डको प्रविधि प्रयोग गरेर बङ्गुर, कुखुरा, बाख्रा, गाईभैँसी र माछालाई खुवाइने २१ प्रकारका दाना उत्पादन तथा बिक्री गर्दै आएको समेत उनले बताए।

प्रकाशित मिति : २६ भदौ २०७८, शनिबार  ९ : ०५ बजे

नेपाल र थाइल्याण्डबीच दुईपक्षीय सम्झौता

काठमाडौं । नेपाल र थाइल्याण्डबीच केही महत्वपूर्ण सम्झौता भएको छ

गण्डकी प्रदेश मातहतका अस्पताल स्तरोन्नति गरिँदै

गण्डकी । गण्डकी प्रदेश सरकार मातहतका सबै अस्पतालको सेवा विस्तार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । मङ्गलबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावातबीच भेटवार्ता

बैङकक, २० चैत स् थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी

रेडियो नेपाल आवाजविहीनहरूको आवाज बन्नुपर्छ : राष्ट्रपति

काठमाडौ्र । राष्ट्रपति रामचन्द्र पौडेलले यसै वर्ष सार्वजनिक सेवा प्रसारण