११ कार्तिक २०८१, आइतबार | October 27, 2024

कार्यकर्ता तान्न ओली-नेपाल होडबाजी



काठमाडौं । पार्टी विभाजनपछि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेता-कार्यकर्ता आफूतिर तान्न होडबाजी गरिरहेका छन ।

एमाले अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयनमा लैजाने र पार्टी संगठनका खाली पदमा विगतमा नेपाल समूहमा लागेका तर हाल एमालेमै रहेका नेता-कार्यकर्तालाई स्थान दिने बताइरहेका छन् भने नेपालले एमालेमा रहँदा अन्यायमात्रै हुने भएकाले नवगठित नेकपा एस मा आउन आग्रह गरिरहेका छन ।

ओलीले केन्द्रीय समितिमा रिक्त ५५ सदस्यमा तत्कालीन वरिष्ठ नेता नेपाल पक्षका नेताहरूमध्येबाटै राख्ने भएका छन् । २०७५ जेठ २ अघिको २०३ सदस्यीय केन्द्रीय कमिटीका ५५ जना नेकपा एस मा लागेपछि ती पद रिक्त भएका हुन् । खाली स्थानमा विगतमा नेपाल खेमामा रहेका नेताहरूलाई मनोनयन गरिने भएपछि धेरै नेता नेकपा एस मा नजाने आकलन गरिएको छ ।

रिक्त ५५ केन्द्रीय सदस्यको सिफारिस नेपाललाई छाडेर एमालेमा रहेका १० स्थायी कमिटी सदस्यले गर्नेछन् । ‘पार्टीमा आएको समस्या हल गर्ने सम्बन्धमा सबै नेता लागेका छन्, समस्या हुँदैन । अहिलेको अवस्थामा रिक्त पदमा कसरी मनोनयन गर्ने भन्ने सम्बन्धमा छलफल जारी छ’, एमाले स्रोतले भन्यो ।

केन्द्रीय समितिमा ५५ सदस्य सिफारिस गर्ने जिम्मेवारी उपाध्यक्ष भीम रावल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पाएका छन् । उनीहरूले देशभरका नेता-कार्यकर्तासँग छलफलपछि सिफारिस गर्ने भएका छन् । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार रिक्त सदस्य र १० बुँदे सहमतिअनुसार केन्द्रीय कमिटीमा मनोनयन गरिने १० प्रतिशत सदस्यको टुंगो विधान अधिवेशनअघि नै लगाइनेछ । ‘प्रक्रिया अघि बढिसकेको छ, केही दिनमै टुंगो लाग्छ’, तामाङले भने, ‘विधान अधिवेशनअघि रिक्त ५५ र मनोनयनमा पर्ने २० पदमा गरी ७५ जनालाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने तयारी छ ।’ उनका अनुसार निर्वाचन आयोगले दल रोज्न दिएको समय सकिएपछि मनोनयनले पूर्णता पाउनेछ ।

एमाले सम्बद्ध अर्को स्रोतका अनुसार नेकपा एस तिर नेता-कार्यकर्ता नजाऊन् भन्नका लागि अहिलेसम्म सबैलाई सम्पर्क गरेर पार्टीमा उचित जिम्मेवारी दिने तयारी थालिएको छ । नेकपा एस का अध्यक्ष नेपालले पनि एमालेमा छँदा आफू निकट नेतालाई नयाँ पार्टीमा आउन र जिम्मेवारी सुनिश्चित गर्ने वचन दिएका छन् । आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १८ भदौ २०७८, शुक्रबार  ७ : ३८ बजे

गैरआवासीय नेपाली दिवसः एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार

सुनको मूल्य तोलामा एक हजार चार सयले बढ्यो

काठमाडौंं । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ

थाहा नगरपालिकामा प्लाष्टिकका फूल प्रतिबन्धित

बागमती । स्थानीय फूल किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मकवानपुरको थाहा

बाँकेमा प्रस्ताव गरिएको धार्मिक पर्यटन मार्ग वर्षौंदेखि अलपत्र

नेपालगन्ज । धार्मिक पर्यटन प्रवर्द्धन गर्न सुरु भएको धार्मिक पर्यटनमार्ग

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन : कार्बन उत्सर्जन कम गर्ने विषयमा छलफल

ललितपुर । शुक्रबारदेखि ललितपुरमा सुरु भएको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेललमा मानव