२८ पुस २०८१, आइतबार | January 12, 2025

२० वर्षपछि अफगानिस्तानबाट फर्कियो अमेरिकी सेना



काठमाडौं । सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा अलकायदाले आक्रमण गरेपछि अफगानिस्तानमा उत्रिएको अमेरिकी फौज करिव २० वर्षपछि पूर्णरूपमा स्वदेश फर्किएको छ ।

अमेरिकी सेनाका सेन्ट्रल कमाण्डका प्रमुख जनरल मकेन्जीका अनुसार काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम सी सेभेन्टिन विमान उडेको छ । योसँगै अफगानिस्तानमा अमेरिकाले जारी राखेको २० वर्षको सैन्य कारबाही औपचारिकरूपमा समाप्त भएको छ ।

२० वर्षको अमेरिकी सैन्य कारबाहीमा अलकायदाका प्रमुख ओसामा विन लादेन र तालिबानका तत्कालीन प्रमुख ओमार मारिएका छन् । दुई दशकमा २ हजार ४ सय जना अमेरिकी सुरक्षाकर्मीले ज्यान गुमाएको जनाइएको छ ।

अमेरिकी सेना चढेको अन्तिम विमान काबिलबाट बाहिरिएसँगै, तालिबानहरूले आकाशमा रातो प्रकाश छरेर तथा गोली चलाएर खुशीयाली मनाएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले अगष्ट ३१ भित्र अमेरिकाबाट फौज फिर्ता गर्ने प्रतिबद्धताअनुरूप नै सेना फिर्ता भएका हुन् । तालिबानले अगष्ट १५ मा काबुल कब्जामा लिएपछि अमेरिकी, अरू विदेशी र अफगान गरी लगभग १ लाख २० हजार जनालाई उद्धार गरिएको बाइडेनले जानकारी दिएका छन् ।

यसैबीच पेन्टागननमा पत्रकार सम्मेलन गर्दै जनरल मकेन्जीले सन् २००१ सेप्टेम्बर ११ को केहीपछि अफगानिस्तानमा सुरु भएको सैनिक कारबाही समाप्त भएको घोषणा गरेका छन् ।

अमेरिकी फौज फर्किएपछि तालिबानका एकजना प्रवक्ताले अफगानिस्तानले पूर्ण रूपमा स्वतन्त्रता हासिल गरेको बताएका छन् ।

बीबीसीको सहयोगमा

प्रकाशित मिति : १५ भदौ २०७८, मंगलबार  ७ : ४४ बजे

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष

आठौँ म्याग्दी महोत्सव सुरु

म्याग्दी । बेनीमा आजदेखि आठौँ म्याग्दी महोत्सव एवं प्रदेशस्तरीय कृषि,

सुनको मूल्य तोलामा १६०० ले बढ्यो

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको

जुम्लामा अनलाइनबाट नागरिकता सिफारिस

जुम्ला । जिल्लामा नागरिकताको प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत सिफारिस सेवा

लस एन्जलसको आगलागीमा मृत्यु हुनेको संख्या १६ पुग्यो, १२ हजार घर ध्वस्त

लस एन्जलस । अमेरिकामा भएको भिषण आगलागीमा मृत्यु हुनेको संख्या