१२ मंसिर २०८१, बुधबार | November 27, 2024

६२१ वटा झोलुङ्गे पुल निर्माण



काठमाडौं । स्थानीय पूर्वाधार विभागले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी झोलुङ्गे पुल निर्माण गरेको छ ।

गत वर्ष छ सय झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको विभागले २१ वटा बढी झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको हो । लामो तथा छोटो गरी ६२१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको स्थानीय पूर्वाधार विभागले जनाएको छ । गत वर्ष ३२ वटा सडक पुल निर्माण भएका छन् । चालू आर्थिक वर्षमा भने ७२० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य विभागको छ ।

विभागका महानिर्देशक ईश्वरचन्द्र मरहठ्ठाले नदी, खोल्साखोल्सी तरितराउका लागि निर्माण भएका झोलुङ्गे पुलले स्थानीय नागरिकका लागि यातायात सुविधा उपलब्ध भई हाटबजार, शिक्षा, स्वास्थ्य, प्रशासनिक सेवा, सामाजिक र सांस्कृतिक केन्द्रमा पहुँच अभिवृद्धि भएको बताए ।

उनका अनुसार झोलुङ्गे पुल निर्माणले स्थानीय बासिन्दामा आधारभूत सेवा विस्तार तथा आर्थिक अवसर र स्रोतमा पहुँच पुगेको छ । बालबालिकालाई तुइन तरेर विद्यालय जानुपर्ने परिस्थिति अन्त्य भई पुलबाटै आवतजावत गर्न सकिने अवस्था बनेको छ । उनले भने, “नेपाल भौगोलिक विकटता र ठूला नदी र खोल्सामा तरितराउका लागि झोलुङ्गे पुल निर्माण गर्नु आफैँमा चुनौती रहे पनि झोलुङ्गे पुल निर्माण अघि बढिरहेको छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन ।

प्रकाशित मिति : १ भदौ २०७८, मंगलबार  ७ : ३७ बजे

स्थानीय प्रतिभाहरुलाई अवसर प्रदान गर्दै द ब्रिटिस कलेजको ‘करिअर फेस्ट– २०२४’ सफलतापूर्वक सम्पन्न

काठमाडौ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेजमा ‘टीबीसी

ग्लोबल आइएमई बैंकद्वारा कोहलपुरमा विधुतीय शवदाह गृह निर्माणलाई २० लाख सहयोग

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले कोहलपुर नगरपालिकामा विधुतीय शवदाह

सदस्यता शुल्क नबुझाए पत्रकार महासंघको चुनावमा भाग लिन नपाइने

नेपालगन्ज । यही मंसिर २८ गते हुने भनिएको नेपाल पत्रकार

नयाँ आर्थिक वर्षका लागि अवधि समाचार सेवाको सम्झौता

नेपालगन्ज । राष्ट्रिय समाचार समिति (रासस)ले अवधि भाषाको समाचार सेवा

घरेलु हिंसामा साक्षर महिला बढी पीडित

काठमाडौं । पढेलेखेका र शिक्षित महिला बढी घरेलु हिंसाबाट प्रभावित