२८ मंसिर २०८२, आइतबार | December 15, 2025

‘मिस्टर कोर्न’ अव रुपन्देहीको मणिग्राममा, मकैका दर्जनौ परिकार एकैठाँउमा खान पाईने



बुटवल । भेज पारखीहरुलाई लक्षित गरि मिस्टर कोर्नको पाचौ शाखा रुपन्देहीको मणिग्राममा खुल्ने खुल्ने भएको छ। मकैको स्पेशल आईटमसंगै भेज मिटका विभिन्न परिकार खुवाउने गरि मिस्टर कोर्नको शाखा खोल्ने तयारी गरेको हो ।

भारतिय आर्मिमा सेवा निर्वारत भएका राजन श्रेष्ठ नेपाल फर्किए पछि रेष्टुरेन्ट ब्यवसायमा हात हालेका हुन् । गुड डु द भेगन क्राउनको फ्रेन्चाईचिज लिएर मिष्टर कर्न संचालन गरेका निश्चल जोशीको सम्पर्कमा श्रेष्ठ आएसँगै राजनको सपना पूरा भएको उनले बताए । यस क्षेत्रमा सन्देश दिने खालको एउटा उत्कृष्ट रेष्टुरेन्ट चलाउने योजना अनुसार उनले मिस्टर कर्नको शुरुवात गरेका हुन् ।

बुटवलका राजन श्रेष्ठले तिलोत्तमा ५, मणिग्राममा फ्रेन्चाईचि शुरु गरेका छन। यसका लागि उनले ३५ लाख रुपैया खर्च गरेर आकर्षण सजावट समेत गरेका छन। भेज बाईट बर्गर, भेज चिकन टिक्का, भेज सुकुटी साधेको, भेज बाईट छोयला, भेज बाईट करि, भेज चिकन करी, भेज भाईट मम, क्रिस्फि फाईड, बर्गर लगायतका आईटम उपलब्ध हुनेछ । यसैगरि स्विट कर्न चटपटे, कर्न सलाद, कर्न मम, कर्न फ्रिटर, बेकि कर्न चिल्ली लगायत २५ बढि परिकारहरु उपलब्ध हुने उनले बताए । मणिग्रामको आउटलेटमा ६ जना कर्मचारीले सेवा दिने उनले बताए ।

काठमाण्डुमा ४ वर्षअघि मास्टर फ्रेचाईन्ची गुड डु द भेगन किचन भारतबाट लिएर उनी नया आईटम चखाउन शुरु गरेका हुन् । श्रेष्ठको योसंगै गुड डु द भेगन किचन र मिष्टर कर्न गरि दुई वटा किचन आईटमहरु छन। यसमा साढे २ करोड खर्च भएको उनले बताए ।

नेपालको मकै उपयोग गर्ने गरि योजना बनाएको बताउँदै उनले त्यसैका लागि लोकल मकै बारबिक्यु बनाउने तयारी गरिएको बताए। आउटलेट, फैक्ट्री हुँदै अव कृषितिर जाने योजना रहेको उनले बताए। अलि राम्रो उन्नत जातको बीउ ल्याएर किसानमार्फत खेति गर्ने योजना रहेको उनले सुनाए ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ४ : ४९ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर