२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

नेपाल रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईले दिए राजीनामा



काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले राजीनामा दिएका छन् । भट्टराईले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुधबार राजीनामा बुझाएका हुन् ।

यसअघि सरकारले भट्टराईलाई आचरण विपरीत काम गर्दैआएको भन्दै स्पष्टीकरण सोधेको थियो । सरकारले पूर्वाग्रह साँधेको भन्दै उनले स्पष्टीकरण नदिने बताएका थिए । उनले आफूले गरेका कामको विवरण पनि सार्वजनिक गरेका थिए ।

स्रोतका अनुसार सरकारले हटाउने नै भएपछि बुधबार उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा बुझाएका हुन ।

केपी ओली नेतृत्वको सरकारबाट २०७७ जेठ २८ गते नियुक्त उनी असार ४ गतेदेखि महाप्रबन्धक रहँदै आएका थिए ।

उनले नेपाल रेलवेको महाप्रबन्धक पदमा नियुक्त भएदेखि नै इमानदारीपूर्वक काम गरी मृतप्रायः अवस्थामा रहेको रेलवे कम्पनीलाई पुुनर्जीवन दिएको दाबी गरेका छन ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ३ : २४ बजे

प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी

बुद्धमाई अस्पताललाई एक लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही

समस्याग्रस्त घोषित सहकारीको दायित्व भुक्तानी गर्न सार्वजनिक सूचना

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज

दैलेख । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध

शक्तिपीठमा सराँय खेल्नेको भीड, बसाइँ सरेका पनि केही दिन थातथलोमा फर्किए

गुल्मी । बडादसैँको एकादशीदेखि पूर्णिमासम्म नाचिने ऐतिहासिक सराँय नाचले गुल्मीका