२३ भदौ २०८१, आइतबार | September 8, 2024

कोरोना संक्रमण फेरि बढ्न थालेपछि सुदुरपश्चिमा ‘होल्डिङ सेन्टर’ निर्माण



धनगढी । कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन भारतबाट भित्रिने नागरिकलाई निश्चित समयसम्म राख्नका लागि धनगढीमा ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र पारिएको छ ।

धनगढी उपमहानगरपालिका–३ मा नेपाली सेनाले ठेक्कामार्फत निर्माण गरिरहेको ‘होल्डिङ सेन्टर’ एक हजार व्यक्ति अटाउने क्षमताको रहेको निर्माणमा संलग्न हनुमान कन्स्ट्रक्सनका यज्ञपुरुष न्यौपानेले बताए । निर्माणमा २०० भन्दा बढी मजदुरले दैनिक काम पाएका छन् । “आउने भदौ महिनामा निर्माण पूरा गरी नेपाली सेनालाई हस्तान्तरण गर्ने लक्ष्य लिएका छौँ”, न्यौपानेले भने, “निर्माणस्थलसम्म जाने कच्ची बाटो वर्षाका कारण हिलाम्मे हुँदा भने केही समस्या भइरहेको छ ।”

कोरोना भाइरस सङ्क्रमणको समस्यासँगै गौरीफन्टा सीमा नाका हुँदै भारतबाट भित्रिने नागरिकलाई निश्चित समयसम्म होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षणपछि गन्तव्यमा पठाउनुपर्नेमा त्यसो नगरिएका कारण यो रोग समुदायस्तरमा फैलिएको बुझाइ छ । भारतमा कोरोना भाइरसको समस्या बढेसँगै गौरीफन्टा नाका हुँदै ठूलो सङ्ख्यामा नेपाली स्वदेश भित्रिने गरेका छन् । यो रोगको सङ्क्रमणका कारण गतिविधि ठप्प हुँदा काम नपाएर बेरोजगार बनेका मजदुर निर्माणाधीन होल्डिङ सेन्टरमा काम पाउँदा खुशी देखिएका छन् ।

निर्माणस्थलमा भेटिनुभएका मजदुर महेश पार्कीले भने, “मजदुरीको काम नपाउँदा पेट पाल्ने चिन्ता थियो, अहिले काम पाउँदा खुशी छौँ ।” कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि प्रदेश सरकारको चालु वर्षको सामाजिक विकास मन्त्रालयअन्तर्गत छुट्याइएको बजेटको ठूलो अंश स्वास्थ्य क्षेत्रमा केन्द्रित गरिएको छ ।

आगामी दिनमा आउन सक्ने तेस्रो लहरको कारोना भाइरसबाट बालबालिकामा बढी जोखिम हुने अनुमान गरिएको अवस्थामा बालबालिकालाई लक्ष्य गरी सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल र महाकाली अस्पतालमा ३०० शय्या र थप ५० भेन्टिलेटरको व्यवस्थापन गर्न लागिएको छ । पहाडी जिल्ला अस्पतालमा १० देखि २० शय्याको व्यवस्थापनलगायतका कामसमेत गर्न लागिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  १० : ३० बजे

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव यथावत

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,