९ कार्तिक २०८१, शुक्रबार | October 25, 2024

लुम्बिनी प्रादेशिक अस्पतालमा नेतृत्व परिवर्तनकाे तयारी



बुटवल । लथालिङ्ग अवस्थामा रहेको लुम्बिनी प्रादेशिक अस्पताललाई लयमा ल्याउने प्रयास थालेका अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनाल विरुद्ध प्रदेश सरकारको विभागिय मन्त्रालयमा चलखेल शुरु भएको छ । अस्पतालको बेथितीलाई लयमा ल्याउने योजना थालेका मेसु खनालसँग प्रदेशको विभागिय मन्त्रालयका उच्च अधिकारीहरुसँग ट्युनिङ नमिलेपछि उनलाई हटाउन थालिएको मन्त्रालय स्रोतहरुले दाबी गरेका छन् । भएगरेका सबै राम्रा नराम्रा कामहरु सहजै सार्वजानिक गरिदिने डा. खनालको प्रवृत्तिसँग असन्तुष्ट रहेका स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठ आफै डा. खनाललाई हटाउन अग्रसर भएको स्रोतको दाबी छ ।

डा. खनाल अस्पताल प्रमुख भएर आएपछि वषौंदेखि कौडीको मुल्यमा भाडामा लगाईका सटरहरुको भाडा समायोजन, अस्पतालको स्तर बृद्दी, भौतिक संरचना तथा सर्वसाधारणमा सेवाको गुणस्तरियतामा विकास, इमर्जेन्सी तथा आईसीयूको व्यवस्थापन, रेडियोलोजी बिभागको स्तर बृद्दी जस्ता देखिने कामहरु भएको देखिएको थियो । कोरोना माहामारीका बेला टिम मेनेजमेण्ट गर्न सफल देखिएका अस्पताल प्रमुख डा. खनालले समयमा अक्सिजन प्राप्त हुन नसक्दा सरकारको आलोचना गरेका थिए । अक्सिजनको व्यवस्था नहुँदा संक्रमितको ज्यान जोखिममा परेको सार्वजानिक गरेपछि अक्सिजनको व्यवस्थापन गर्न सरकारलाई ठुलो दवाव परेको थियो । त्यसैको रिस फेर्न पनि उनलाई हटाउन थालिएको मन्त्रालयका एक कर्मचारीले बताए ।

त्यसो त डा. राजेन्द्र खनाल २०७२ सालमा पनि लुम्बिनी अस्पतालको मेसु बनेका थिए । त्यतीबेला उनले अस्पताल अगाडी रहेको सटरहरुको भाडालाई नियमन गर्दै ४०-५० लाखमा सिमित आम्दानीलाई करोड बढीमा पु¥याएका थिए । दशौं तहमा रहेका उनी निमित्त मेसु रहेकै अवस्थामा ११ औ तहका डा. विकास देवकोटा सरुवा भएर आएपछि खनालले अस्पतालबाट बिदा लिएका थिए । लुम्बिनी अस्पताललाई सरकारले प्रदेश अन्तर्गतको अस्पताल बनाउने निर्णय गरेपछि र डा. खनालले संघ रोजेसँगै उनको काठमाडौ स्थित कान्ती अस्पतालमा पोष्टिङ समेत भएको थियो । अस्पतालमा भएको बेथितीलाई राेक्न तथा पहिलो कार्यकालमा डा. खनालले थालेका कामहरुको मुल्याँकन गर्दै एमाले उपमहासचिव विष्णु पौडेल र मुख्यमन्त्री शंकर पोखरेलकै रोजाईमा २०७६ मंसिरमा डा. खनाललाई अस्पताल प्रमुखको जिम्मेवारी दिईएको थियो । सरकारको क्याबिनेटको निर्णयबाट खनाललाई मेसु बनाएको थियो ।

प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश मुख्यमन्त्री कार्यलयमा नयाँ मेसु परिर्बतन गर्नको लागी सिफारीस पठाएपछि मुख्यमन्त्री पोखरेल आफैले डा. खनालसँग मार्गप्रसस्त गर्न भनेको उच्च स्रोतको दाबी छ । आफैले रोजेका ब्यक्तिलाई मुख्यमन्त्रीले राजीनामा किने मागेको हुन सक्छ ? भन्दा स्रोतले स्पष्ट जवाफ दिन सकेनन् ।

प्रचारमुखी स्वभावका र सानातिना कुरापनि पारदर्शीढंगले सार्वजनिक गरिदिने डा. खनालको प्रवृत्तिका कारण अस्पतालमा भवन निर्माण, ईकुमेण्ट खरिद, औषधि तथा स्वास्थ्य समाग्री खरिद जस्ता काममा कमिसनको अपेक्षा गरेका एमालेकै मुख्यमन्त्री पोखरेल निकटका नेताहरु डा. खनालसँग त्रसित भएको र उनीहरुकै दवावमा खनाललाई हटाउने तयारी भएको डा. खनाल निकट रहेका एमालेका एक जिल्ला नेताले बताए ।

अस्पतालको नेतृत्व परिवर्तनको चर्चाका विषयमा आफुले पनि हल्ला सुनेको अस्पताल प्रमुख खनालले बताए । उनले आफु प्राविधिक मान्छे भएका कारण भित्र भित्र हुन सक्ने जालझेल आफुले नबुझ्ने प्रतिक्रिया दिए । ‘काठमाडौं जान खुट्टा उचालिसकेको मान्छे, उहाँहरुकै सल्लाहमा अडिएको हुँ, मलाई हटाउनु पर्ने कुनै कारण छ जस्तो त लाग्दैन ।’ उनले भने । सरकारी अस्पतालले निजीका भन्दा गुणस्तरिय सेवा दिन थालेपछि निजी अस्पताल संचालकहरुकाे निद हराम भएकाे बताउँदै डा‍‌ खनालले आफुलाई हटाउने उनीहरुकै चाहानामा काम भएकाे पनि हुन सक्ने अनुमान गरे ।

नेतृत्व परिवर्तनको सम्बन्धमा बुझ्न खोज्दा प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले घुमाउरो पारमा परिवर्तनको तयारी शुरु भएको स्विकार गरे । उनले संघ मातहतका कर्मचारी परिचालनमा असहज भएको र समन्वय तथा टिम वर्कमा केहि कमजोरी देखिएको गुनासो आएको बताए । ‘बुझ्दैछु, आवश्यकता हेरेर परिवर्तन हुन पनि सक्छ, नहुन पनि सक्छ,’ उनले भने, – ‘कमजोरीहरु देखिएका छन् , अस्पताललाई अझै राम्रो बनाउने प्रयासमा छु ।’

 

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ११ : १५ बजे

तीनसय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट

म्याग्दी । गत आइतबार साँझ परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका

बिछ्यौनामा मृत भेटिए दम्पती

कञ्चनपुर । लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र

डेङ्गी नियन्त्रण प्रयास : आज सरसफाइ अभियान

काठमाडौं । सरकारले डेङ्गीको महामारी फैलन नदिन आज देशभरका सरकारी

मर्निङवाकमा हिँड्दा हिँड्दै बैकुण्ठधामलाई लाखौं दान

नेपालगन्ज । बाँकेको राप्ती नदीको तटमा संकल्प गरिएको वैकुण्ठधाम सिधनियाघाट

आजदेखि काठमाडौंमा विरोध प्रदर्शन गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि काठमाडौं केन्द्रित प्रदर्शन