काठमाडौं । नबिल बैंकले ऋण कर्जाको लागि अनलाइनबाटै आवेदन गर्न मिल्ने व्यवस्था सुचारु गरेको छ ।
इच्छुक ग्राहकले बैंकको वेबसाइटमा https://www.nabilbank.com/individual/sme-loan-application/business-information-details गई साना तथा मझ्यौला ऋण कर्जाको लागि अनलाइन आवेदन दिन सक्नेछन् ।
यो सुबिधा बैंकलाई डिजिटल बैंकिङ्गमा रूपान्तरण गर्ने उद्देश्य अनुरूप गरिएको र ग्राहकले आफुले चाहेको समय, स्थान र उपकरणमा बैंकिङ सेवाहरूको प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकले आधिकारिक वेबसाइट मार्फत ऋण कर्जाको लागि आवेदन दिनुहुने सिमित ग्राहकहरूलाई सेवा शुल्कमा छुटको व्यवस्था पनि गरेको छ । यो सुविधा बैंकद्वारा जारी अभियान “नबिल बैंक – गो डिजिटल प्रोग्राम, डिजिटल कारोबार आजको आवश्यकता” अनुरूप रहेको छ ।
प्रतिक्रिया