२७ पुस २०८१, शनिबार | January 11, 2025

सट्टेबाजी धन्दाबाट बाहिरिँदै पुँजी



काठमाडौं । युरोप-अमेरिकामा युरोकप-२० र कोपा अमेरिका फुटबल प्रतिस्पर्धा चलिरहेका बेला नेपालमा भने सट्टेबाजीका नाममा, अनलाइन बेटिङका नाममा ठगी धन्धा मौलाएको छ ।

प्रचलित कानुनले सट्टेबाजी वा नगदबाजी लगाई गरिने हारजितलाई ‘जुवा’ अपराधअन्तर्गत राखेको छ । यस किसिमको जुवाबाट ठूलो रकम अवैध ढङ्गले बाहिरिने गरेको सम्बद्ध अधिकारी बताउँछन् ।

युरोकप र कोपा अमेरिका फुटबल प्रतियोगिताजस्ता अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितालाई मनोरञ्जनका रूपमा भन्दा अवैध आम्दानीको आधार बनाउनेहरूका कारण अनलाइन ठगी अपराध बढ्दै गएको हो । महानगरीय प्रहरी अपराध महाशाखाले सट्टेबाजी तथा अनलाइन जुवामा संलग्न रहेको अभियोगमा आइतबार आठ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरू अधिकांश उद्योगी व्यवसायी हुन् । उनीहरू अवैध आर्जनका लागि यस्तो अपराधमा संलग्न हुने गरेको दाबी प्रहरीको छ ।

“विकसित मुलुकका नागरिकका लागि सट्टेबाजी तथा बाजी लगाउनु पर्व हो”, एक प्रहरी अधिकारीका भनाइमा नेपालमा भने त्यस्तो कार्य गैरकानुनी हो । अनलाइन बेटिङ नेपाल जस्तो अल्पविकसित मुलुकका लागि लाभदायक छैन । विशेष गरी वाट्सएप र भाइबरबाट खेलिने यो घातक जुवामा नेपाली युवा किन फस्दैछन् रु महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला भन्छन, “लोभले लाभ, लाभले विलाप भनेजस्तै हो ।”

“खेलाउनेहरू सबै विदेशी हुन्छन्, उनीहरू खेल्ने कसैको पनि प्रत्यक्ष सम्पर्कमा आउँदैनन्, एपबाट खेलाउँछन् र इलेक्ट्रोनिक पेबाट रकम लिन्छन्, खेल्ने र खेलाउनेबीच एजेन्ट (दलाल) हरू कमिसन लिएर प्रयोग हुन्छन्”, कोइरालाको भनाइ छ । युरोकप-२० र कोपा अमेरिका फुटबल प्रतियोगितामा सट्टेबाजी लगाउने मुख्य सञ्चालक भारतीय नागरिक आदित्य भन्ने रेड्डी अग्रवाल भएको प्रहरीको आरोप छ ।

होटल र्याडिसनका सञ्चालक आदित्यले सविता बस्नेत नाम गरेकी युवतीलाई प्रयोग गरी अनलाइन बेटिङ खेलाउने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार एक लाख रुपियाँभन्दा माथिको सट्टेबाजीमा सम्पन्न, व्यापारी तथा सयदेखि हजार दरका सट्टेबाजीमा धेरैजसो नेपाली युवाको सहभागिता देखिएको छ ।

काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट पक्राउ परेकामध्ये राजेन्द्र श्रेष्ठ, जीवन लामा, सुरज टिवडेवाल, भारत विहारका अशोक गुप्ता, हरियानाका राजेशकुमार अग्रवाल, सुचित डालमिया अग्रवाल र वीरगञ्जका अमरनाथ गुप्ता व्यापारी हुन् । उनीहरूको साथबाट ३४ लाख ६५ हजार रुपियाँ बरामद भएको प्रहरीको भनाइ छ ।

सट्टेबाजीबाट आर्जित रकम कानुनी रूपमा वैध हुँदैन । ई-सेवा सहज नभएको अवस्थामा हुन्डी र आईएमईमार्फत समेत लेनदेन हुने गरेको पाइएको छ । अनलाइन बेटिङ जुवाले हुन्डी कारोबार पनि मौलाएको छ, प्रवक्ता कोइरालाका अनुसार अनलाइन ठगी पनि त्यत्तिकै छ ।

चीन, भारत, नेपाल, दुबई र मलेसिया गरी यी चार देशमा स्काई एपबाट बढी नै ‘अनलाइन बेटिङ’ खेल्ने गरेको पाइन्छ । नेपालमा मात्र यतिबेला २० करोड रुपियाँभन्दा बढीको रकम बाजी लगाइएको दाबी प्रहरीको छ । सो रकम हारजित जसको पक्षमा आए पनि भित्रिनेभन्दा बाहिरिने सम्भावना ठूलो छ । नेपाल राष्ट्र बैङ्कका सहप्रवक्ता नारायणप्रसाद पोखरेल अनलाइन बेटिङको रकम हुन्डीबाहेक अन्य मार्गबाट बाहिरिने सम्भावना न्यून रहेको बताउँछन । खल्ती तथा ई-पेलगायतका सेवा मुलुकभित्रका लागि मात्र भएको भन्दै उनले अनलाइन ठगी यस्ता सेवाबाट नहुने स्पष्ट पारे । तर चिट्ठा, उपहारका नाममा हुने अन्तर्राष्ट्रिय ठगीका घटनामा यस्ता सेवा दुरुपयोग हुने गरेको पाइएको छ ।

त्यस्तै मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिमको कसुरअनुसार सट्टेबाजी अपराध जुवाअन्तर्गत हुने भएकाले पाँच दिन प्रहरी हिरासतमा राख्नुबाहेक कानुनी उपचारको अन्य विकल्प देखिँदैन । घटनास्थलमा बरामद रकम सरकारी ढुकुटी तथा राजस्वमा बुझाउने र खेल्ने र खेलाउनेलाई प्रहरी हिरासतमा लिई कारबाहीको व्यवस्था रहेको छ । कमजोर कानुन भएका कारण सट्टेबाजीको समस्या बढेको प्रहरीको दाबी छ । आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ७ : १२ बजे

नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न, व्यापार र लगानी सहजीकरणका विषय हस्तान्तरण

काठमाडौ । नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक

कालिका टोल आमा समुहद्वारा नन्दिनी गौशालामा खाद्यान्न प्रदान

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ स्थित शिवनगर सामुदायिक

‘तीव्र आर्थिक विकासलाई मुख्य मुद्दा बनाएर काम गर्नुपर्‍यो’

ललितपुर । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक एवं

वीरगन्जलाई आर्थिक राजधानी घोषणा गर्न प्रभु साहको माग

वीरगन्ज । आम जनता पार्टी (आजपा)ले मुलुकमा बढदै गईरहेको भ्रष्टाचारका

मलद्वारमा सुन लुकाएर ल्याउने तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याएका तीन