२ बैशाख २०८२, मंगलबार | April 15, 2025

जातीय विभेद गरेका शिक्षा मन्त्री श्रेष्ठले गरे गल्ती महसुस



काठमाडौं । जातीय विभेदलाई प्रश्रय दिँदै जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई थुना मुक्त गराउन दवाव दिने र मन्त्रीको झन्डावाला गाडीमा राखेर घर पुर्याईदिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले गल्ती महसुस गरेका छन् । उनले सोही विषयमा छलफल गर्न राष्ट्रिय मानव अधिकार आयोगले आयोगको कार्यालय बोलाएपछि त्यहीँ पुगेर आयोगका पदाधिकारी समक्ष गल्ती महसुुस गर्ेका हुन् ।

आयोगका पदापधकारीहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले गल्ती गरेको महसुस भएको र आइन्दा यस्तो गल्ती नगर्ने बताएका हुन् । गल्ती गरेपछि पनि आफुले ठिकै गरेको दाबी गर्दै आएका मन्त्री श्रेष्ठलाई प्रधानमन्त्री केपी ओलीले आफ्नो कमजोरी सच्याउन निर्देशन दिएपछि मात्र उनले गल्ती महसुस गरेका हुन् ।

जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई रिहा गर्न प्रहरीलाई दवाव दिएको र प्रधानलाई हिरासतबाट छुटाएर मन्त्रीको झन्डावाला गाडीमा राखेर लगेपछि मन्त्री श्रेष्ठ विवादमा तानिएका थिए ।

आयोगले सो प्रकरणमा मन्त्री श्रेष्ठलाई मंगलबार आयोगको कार्यालयमा बोलाएर छलफल गरेको थियो ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  १ : २२ बजे

बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण

गोरखा । बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि मुआब्जा

लागु औषधको ‘हव’ बन्दै नेपालगन्ज नाका, एक महिनामा १ सय २८ ग्राम बढी ब्राउनसुगर बरामद

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेमा एक महिनाको अवधि (चैत) मा

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट गाँजासहित एक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट छ किलो ९७०

सङ्घलाई जिडिपीको पाँच र प्रदेश तथा स्थानीय तहलाई राजस्वको १२ प्रतिशत नबढ्ने गरी ऋण उठाउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

गभर्नर नियुक्तिबारे गगन – बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिचौलियाको पहुँच प्रधानमन्त्रीको