३१ भदौ २०८१, सोमबार | September 17, 2024

एमाले एकता अझै अन्यौलमा, अन्तिमसम्म प्रयास गर्ने नेताहरुको भनाई



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरु सहमतिको अन्तिम प्रयासमा जुटेका छन । सहमतीय अवस्था सन्तोषजनक बन्न नसके पनि अन्तिम समयसम्म पार्टी एकताको प्रयास जारी राख्ने दुवै पक्षका नेताहरुको भनाई छ ।

विपक्षी गठबन्धनका नेताहरुले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने र प्रतिनिधिसभा पुनस्र्थापना गर्नुपर्ने मागसहित गत जेठ १० गते सर्वोच्चमा रिट दर्ता गराएका थिए । सो रिटमाथि असार ९ गते बुधबारदेखि वहस शुरु हुँदैछ ।

विपक्षी गठबन्धनमा एमालेका असन्तुष्ट नेता माधवकुमार नेपाल पक्षका पूर्व सांसदले समेत देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग पत्रमा हस्ताक्षर गरेका छन् ।

एमाले एकतालाई कायम राख्न नेता नेपाल पक्षका पूर्व सांसदहरुले सर्वोच्चमा बहस शुरु हुनुअघि नै हस्ताक्षर फिर्ता लिनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको माग छ ।

सर्वोच्चको बहसपछि अनपेक्षित फैसला आउन सक्ने सम्भावना देखेरै पार्टी एकता जोगाउन एमाले अध्यक्ष ओलीले २०७५ जेठ २ कै अवस्थामा एमालेको सबै निकाय क्रियाशील गराउने प्रस्ताव राखेका छन । आजको गोरखापत्र दैनिकमा लक्की चौधरीले लेखेका छन ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ८ : १० बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित