१० पुस २०८१, बुधबार | December 25, 2024

मनसुनपछिको विपदमा २० जनाको मृत्यु, ८०६ को उद्धार



काठमाडौं । मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार उक्त अवधिमा २१ बेपत्ता र २० जना घाइते भएका छन् । अन्य ८०६ जनाको उद्धार भएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए ।

बाढीपहिरो र डुबानमा परी सिन्धुपाल्चोकमा २० र बाजुरामा एक घाइते भएका छन् । पहिरो तथा बाढीका कारण बन्द विभिन्न स्थानका सडक प्रहरीले चालु गराएको छ । वर्षाका कारण जुम्ला, कास्की, बैतडीलगायत स्थानमा आज पहिरो गई अवरोध भएको सडक हटाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बाढीका कारण २१० घर डुबानमा परेका छन् । सात सय ४८ घरका तीन हजार २५८ जना विस्थापित भएका छन् । विपद्मा ६३० पशु चौपाया मरेका छन् ।

उक्त घटनाबाट प्रभावित स्थानमा भएको क्षति न्यूनीकरण र उद्धारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारी, सेना तथा सशस्त्र प्रहरी सक्रिय छन् ।

जोखिममा रहेका विभिन्न जिल्लाका व्यक्तिलाई सुरक्षित स्थानमा राख्ने, पहिरामा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने तथा अवरोध सडक हटाउने कामसमेत जारी रहेको जनाइएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ९ : ३५ बजे

चाडपर्वले आपसी सद्भाव, सहिष्णुता र एकतालाई सुदृढ गर्छन् : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

लेटाङमा व्यवसायिक कफीखेती, एकै वडाका १२० परिवार खेतीमा तल्लीन

मोरङ । कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर

पाल्पाको रामपुरमा धमाधम सडक स्तरोन्नति हुँदै

रामपुर । रामपुरलाई नमूना सहरका रूपमा विकास गर्ने उद्देश्यले नगरपालिका

पाकिस्तानी राजदूतले भेटे प्रधानमन्त्री ओली

काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले प्रधानमन्त्री

तिब्बतमा १७ हजार भन्दा बढी ५जी बेस स्टेशन निर्माण

ल्हासा । दक्षिणपश्चिम चीनको स्वशासित क्षेत्र तिब्बत (चीनले तिब्बतलाई सिजाङ