१ चैत्र २०८१, शुक्रबार | March 14, 2025

नहरमा बालुवा थुप्रिँदा विद्युत् सेवा अवरुद्ध



डोल्पा । जैरीगाड जलविद्युत् आयोजनाको नहरमा बालुवा थुप्रिँदा डोल्पाको सदरमुकाममा विद्युत् सेवा अवरुद्ध भएको छ । एउटा मात्र टर्वाइनबाट सञ्चालनमा रहेको विद्युत् सोमबार बिहानदेखि अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी माधव ढकालले जानकारी दिए ।

दुई टर्वाइनमध्ये लामो समयसम्म एउटामा खराबी आएपछि एउटा मात्र सञ्चालन हुँदा सदरमुकामभरि विद्युत् आपूर्ति गर्न सकिएको छैन । अहिले नहरमा बालुवा भरिएपछि एक मात्र टर्वाइनसमेत बन्द गर्नुपरेको हो ।

टर्वाइन थप्नका लागि नेपाल विद्युत् प्राधिकरणमा माग गरे पनि फाइल अड्किएको बताइएको छ । विद्युत् सेवा अवरुद्ध भएसँगै स्वास्थ्य सेवा कार्यालय र अन्य ठाउँमा समस्या उत्पन्न भएको जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले बताए ।

त्यस्तै स्वास्थ्य सेवा कार्यालयले ४० केभिएको जेनेरेटर खरिद गर्ने प्रक्रियामा रहेको स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख अमरसिंह शाहीले जानकारी दिए ।

केन्द्रीय प्रसारण लाइन नपुगेको डोल्पामा यही जैरीगाड जलविद्युत् आयोजनाबाट उत्पादन गरिएको विद्युत्बाट काम हुँदै आएको छ । दुई सय किलोवाट क्षमताको यो आयोजनाबाट यहाँका एक हजार २५० घरधुरीले सेवा लिने गरेका छन् । रासस

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ८ : ३० बजे

गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादनकत्व र उद्यमशीलता वृद्धि

बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा महोत्तरीको रेल्वे ट्रयाकमा कार्यरत सशस्त्रका सई पक्राउ

काठमाडौं । महोत्तरी लोहारपट्टी नगरपालिका-४ खुट्टापिपराढीस्थित रेल्वे ट्रयाक सुरक्षा पोस्टमा

कोहलपुरमा जिपको ठक्करबाट वृद्धको मृत्यु, सुनवलबाट जिप सहित चालक पक्राउ

नेपालगन्ज । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जिपले पैदल

शंखमुलमा इनारमा खसेका व्यक्तिको सकुशल उद्धार

काठमाडौं । शुक्रबार बिहान शंखमुलमा इनारमा खसेका एक व्यक्तिको सकुशल

मानवसेवा आश्रमको महायज्ञबाट दुई करोड ७६ लाख सङ्कलन

सर्लाही । मानवसेवा आश्रमको भवन निर्माण गर्ने उद्देश्यले सर्लाहीको हरिवन