२९ फाल्गुन २०८१, बिहिबार | March 14, 2025

स्याङजाको भालुपहाडमा गएको पहिरोको कारण सिद्धार्थ राजमार्ग अवरुद्ध



स्याङजा । अविरल बर्षासँगै गएको पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

सिद्धार्थ राजमार्गको स्याङजा-पोखरा सडक खण्डको भालुपहाडमा सडक फराकिलो बनाउन खनिएको सडकको कारण पहिरो गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

अहिले प्रहरी र स्थानीयवासीको पहलमा सडक खुलाउने प्रयास भैरहेको छ । बिहान ११ बजेसम्म सडक खुल्ने उनले बताए ।

पछिल्लो समय सडक चौडा बनाउन राजमार्गको विभिन्न स्थानमा सडक खनिएको कारण राजमार्गमा यात्रा गर्न निकै जोखिम हुन थालेको छ । राजमार्गअन्तर्गत बुटवल पोखरा सडकखण्डमा स्याङ्जाभित्र मात्र एक दर्जनभन्दा बढी स्थानमा पहिरोको जोखिम बढेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ८ : ३६ बजे

रिङ्कु सदा मृत्यु प्रकरणमा थप दुईजना पक्राउ

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी

जामा मस्जिद प्रकरण : आर्थिक अनियमितताको आरोप लागेको तदर्थ समिति अदालतबाट ब्युँताइयो

नेपालगन्ज । करोडौंको अपचलनको आरोपमा प्रशासनले छानविन गरिरहेको नेपालगन्जको दारुल

फागुन शुक्ल पूर्णिमाः हिमाली र पहाडी जिल्लामा मनाइयो होली पर्व

काठमाडौँ । फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं

उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५५ जना नियन्त्रणमा

काठमाडौँ । होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले

युगाण्डासँग हारेसँगै नेपाल फाइनलको दौडबाट बाहिर

काठमाडौँ । नेपालले जारी चार देशीय सिरिजमा चौथो हार बेहोरेको