२३ भदौ २०८१, आइतबार | September 8, 2024

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थपिए ५६६ जना संक्रमण, ८०८ जना संक्रमण मुक्त



पोखरा । गण्डकी प्रदेशमा आज बिहिबार ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका १ हजार ६३३ जनामा गरिएको नमुना परीक्षणमा ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज संक्रमण पुष्टि हुनेमा प्रदेशका नौ जिल्लाका छन् । जसमा कास्कीका ११८ जना, तनहुँका ७१ जना, गोरखाका ७८ जना, लमजुङका ५१ जना, नवलपुरका ९५ जना र स्याङ्गजाका ४७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पर्वतका चार जना, बाग्लुङका ८१ जना र म्याग्दी जिल्लाका २१ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४९ हजार ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट ८०८ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोना मुक्त हुनेको संख्या ४१ हजार ६६१ पुगेको छ । जसमा ६ हजार ५६० सक्रिय संक्रमित छन् ।

आज गण्डकी प्रदेशमा १८ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा रुपन्देही जिल्ला बुटबल उपमहानगरपालिका-२ घर भइ हाल पोखराको मणिपाल अस्पतालमा उपचाररत २८ वर्षीय युवकसहित पोखराका सात जना, तनहुँका एक जना, गोरखाका तीन जना, नवलपुरका दुई जना जना, स्याङ्गजाका एक जना, बाग्लुङका तीन जना र म्याग्दी जिल्लाका एक जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८१७ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ५ : ४९ बजे

झाडा लागेर बाँकेको जानकी गाउँपालिकामा एक जनाको मृत्यु

बाँके । जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको छ

चेपाङले मनाए छोनाम (न्वागी) पर्व

चितवन । सीमान्तकृत समुदायमा पर्ने चेपाङ समुदायले शनिबार छोनाम (न्वागी)

यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

थारू समुदायको अटवारी पर्व : दिदीबहिनीका लागि व्रत लिएर मनाइँदै

कैलाली । पश्चिम तराईका थारू समुदायमा आज अटवारी पर्व मनाइँदैछ

लुम्बिनी प्रदेशका सभामुखले थारु भाषालाई सरकारी कामकाजीको भाषाको रुपमा अंगिकार गर्न पहल गर्ने

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले थारु भाषालाई