२१ पुस २०८१, आइतबार | January 5, 2025

कोपा ईटालियाको उपाधि युभेन्ट्सले जित्यो



काठमाडौं । युभेन्ट्सले कोपा ईटालियाको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा एटलान्टालाई २-१ ले पराजित गर्दै युभेन्ट्सले घरेलु कपको उपाधि हासिल गरेको हो ।

खेलको ३१ औं मिनेटमा डेजान कुलुसेभ्सकीको गोलमा युभेन्टसले सुरुवाती अग्रता लिएको थियो । तर, एटलान्टाका रुस्लान मालिनोवस्कीले ४१ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसपछि ७३ औं मिनेटमा फेडेरिको किएजाले गोल गर्दै युभेन्टसलाई उपाधि दिलाए । खेलको ८८ औं मिनेटमा राफेल टोलोइले रातो कार्ड पाएपछि एटलान्टा १० खेलाडीमा समेटिएको थियो ।

युभेन्ट्सले कोपा ईटालियाको उपाधि १४ औं पटक उचालेको हो । युभेन्टसले सन् २०१८ पछि पहिलो पटक यस उपाधि जितेको हो । प्रतियोगितामा करिब साढे ४ हजार दर्शकलाई उपस्थित गराइएको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ८ : ५५ बजे

किम्फ चलचित्र महोत्सव दमकमा हुने

दमक । नाट्य क्षेत्रमा दमकलाई चिनाउने उद्देश्यले दमक-९ स्थित कदम

एमाले केन्द्रीय समिति बैठक : हरेक सदस्यलाइ तीन मिनेटकाे समय

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक सुरू भएको छ

सरकारले हल्ला होइन, काम गरिरहेको छ : उपप्रधानमन्त्री सिंह

सुनसरी । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली

एमाले केन्द्रीय समितिको बैठक जारी

काठमाडौं । सत्तारूढ दल नेकपा एमालेको केन्द्रीय समितिको बैठक जारी

सुनको मूल्य प्रतितोला एक हजार पाँच सय घट्यो

काठमाडौं । आज सुनको मूल्य घटेको छ । आन्तरिक बजारको