१० मंसिर २०८१, सोमबार | November 25, 2024

साढे ४ लाख नेपाली रोजगारी गुमाएर फर्किए



काठमाडौं । कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किएका छन् ।

१ वर्ष अवधिमा ६० देशबाट ४ लाख ५३ हजार ८४७ जना फर्किएका कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको तथ्यांकले देखाएको छ । तर यी श्रमिकलाई व्यवस्थापन गर्न सरकारले कुनै योजना ल्याएको छैन ।

केन्द्रका अनुसार सबभन्दा धेरै संयुक्त अरब इमिरेट्स (यूएई) बाट फर्किएका छन् । दोस्रोमा रोजगारी गुमाएर फर्किने मुलुकमा कतार पर्छ । यूएईबाट १ लाख ४० हजार २१६ र कतारबाट १ लाख ५ हजार ७७४ जना फर्किएका हुन् । मलेसियाबाट ४८ हजार ४३५, साउदी अरबबाट ४१ हजार ६६८, कुवेतबाट २३ हजार ३४१, भारतबाट ३६ हजार १९५, टर्कीबाट १३ हजार ६३४, जापानबाट १३ हजार ५२५ जना फर्किएका छन् ।

सिंगापुरबाट ५ हजार ५०३, ओमनबाट ५ हजार ३७६ र दक्षिण कोरियाबाट ३ हजार ५६२, चीनबाट ३ हजार ५५८, हङकङ र मकाउबाट ३ हजार १६४ जना छन् । बंगलादेशबाट २ हजार ५९५, बहराइनबाट १ हजार ३५५, अस्ट्रेलियाबाट १ हजार २४४ र माल्दिभ्सबाट १ हजार १८ जना कोभिड-१९ को असहज परिस्थितिका कारण स्वदेश फर्किएका हुन् ।

भारतबाट विभिन्न नाका हुँदै करीब ७ लाख नेपाली स्वदेश फर्किएको भनिए पनि यो तथ्यांकमा समेटिएको छैन । कोभिडयता नियमित अवस्थामा कति कामदार फर्किए भन्ने यकिन तथ्यांक छैन । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीबाट फर्किनेको तथ्यांक राख्ने पहल थाले पनि त्यो अझै प्रभावकारी हुन सकेको छैन ।

वैदेशिक रोजगार बोर्डले गत वर्ष खाडी र मलेसियामा कोरोनाका कारण ४ लाख ७ हजार कामदार प्रभावित भएको सार्वजनिक गरेको थियो । भारतसहित खाडी मुलुकमा ३१ लाख श्रमिक कार्यरत रहेको अध्ययनले देखाएको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ५४ लाख ९६ हजार ४६० पुगेको छ । खाडी र मलेसियामा मात्रै १३ लाख ४८ हजार ८७२ जना कार्यरत रहेको तथ्यांक छ ।

कोरोना भाइरसको दोस्रो लहरले वैदेशिक रोजगार प्रभावित भएको छ । पछिल्लो समयमा निशेधाज्ञासहित हवाइ उडान समेत बन्द गरिएका छन् । नेपालमा दोस्रो लहर शुरू हुनुअघि वैदेशिक रोजगार सहज हुन थाले पनि पछिल्लो समयमा प्रभावित बन्न पुगेको छ ।

सरकारले चालू आर्थिक वर्ष ७ लाखलाई रोजगारी दिने घोषणा गरेको थियो तर रोजगारी सिर्जना हुने कुनै कार्यक्रम अघि बढाइएको छैन । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २ लाखलाई सय दिने रोजगारी दिने घोषणा गरिए पनि प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । अन्य रोजगारीका सिर्जनाका कुनै पनि पहल थालिएको छैन ।

विभागका अनुसार कोभिड–१९ यता १ लाख श्रमिक वैदेशिक रोजगारीमा गएका छन् । स्वदेशमा पर्याप्त रोजगारी सिर्जना नहुनु, वैदेशिक रोजगारमा जान नपाउनु तथा वैदेशिक रोजगारबाट फर्किने क्रम बढेसँगै रोजगारीमा असन्तुलन पैदा भएको छ ।

श्रमविज्ञ डा. गणेश गुरुङ सरकारले रोजगारी सिर्जना गर्न ध्यान नदिएको बताउँछन् । कोभिडपछि धेरै भारतीय श्रमिक पलायन भएकाले उनीहरूको ठाउँमा विदेशबाट फर्केकालाई अवसर दिन ढिलाइ गर्न नहुने डा. गुरुङको सुझाव छ । ‘विदेशमा जे काम गरेको छ, यहाँ पनि त्यही प्रकृतिको काम दिनुपर्छ,’ उनी भन्छन् । कोभिडको दोस्रो लहरले वैदेशिक रोजगार तहसनहस हुन सक्ने चिन्ता व्यक्त हुन थालेको छ ।

वैदेशिक रोजगारीबाट ८ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिरहेको छ । यसले कूल गार्हस्थ उत्पादनमा २५ प्रतिशतभन्दा बढी योगदान दिएको छ । केही वर्षअघि वैदेशिक रोजगारीले कुल गार्हस्थ उत्पादनमा २९ प्रतिशतभन्दा बढी हिस्सा ओगटे पनि पछिल्लो समयमा खुम्चिँदै गएको छ । उक्त समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ७ : ४० बजे

धितोपत्र बोर्डको अध्यक्षमा पेट्रोलियम ढुवानी व्यवसायमा बिवादीत व्यवसायी सन्तोषनारायण श्रेष्ठ नियुक्त

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा इन्धन ढुवानी व्यवसायमा

नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी सङ्गठनको बृहत्तर हितका

खजुरा क्यान्सर अस्पतालमा सिटी स्क्यान सञ्चालनमा आयो, लिन्याक मसिन चल्ने कहिले ?

खजुरा । सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा आगलागीका कारण

लुम्बिनी प्रदेश सरकारले एसियाली विकास बैंकसँगको ऋण सिंचाई अभिवृद्धिकालागि उपयोग गर्ने

दाङ । । लुम्बिनी प्रदेशमा सिंचाई अभिवृद्धिकालागि नयाँ आयोजना सञ्चालन

नेपालमा सुटिङ गर्न उत्साहित हुनेछु : बलिउड निर्देशक कबिर खान

काठमाडौं । बलिउडका पछिल्लो पुस्ताका सर्वाधिक सफल निर्देशकमा पर्नुहुन्छ कबिर