बझाङ । बझाङको थलारा गाउँपालिकामा यस वर्ष सुख्खा खडेरीले नगदेवालीमा परेको क्षति र असर प्रभाव बारेमा सूचना सङ्कलन गर्न लागिएको छ ।
खडेरीले खाद्य बालीमा परेको क्षतिका बारेमा सूचना संकलन गर्न सुदूरपश्चिम खाद्य अधिकार संजालका संयोजक बल बहादुर रोकाया, जिल्ला खाद्य अधिकार संजालका संयोजक जगदीश रोकाया , थलारा एफएमका प्रबन्ध निर्देशक पदम खड्का लगाएतको टोली सूचना संकलनमा रहेका छन् ।
टोलीले हिजो पाराकाट्नेको धामीगाउँ साथै डिख्ला गाउँका स्थानीय समुदाय सँग भेटघाट र छलफल गरि खडेरीले तुलबालीमा परेको क्षतिको बारेमा जानकारी लिएको छ ।
किसानहरू सँग छलफलमा किसानहरु यस वर्ष सुख्खा खडेरीले उत्पादनमा धेरै क्षति भएको र भोकमरी हुनसक्ने चिन्ता ब्यक्त गरेका छन् । टोलीले स्थलगत अध्यनमा तुलबालीको यस वर्ष गहुँ र जौ मा करिब ९० प्रतिशत क्षति भएको प्रारम्भिक अनुमान गरेको जनाएको छ ।
प्रतिक्रिया