३१ भदौ २०८१, सोमबार | September 17, 2024

शुक्रराज अस्पतालमा आजदेखि कोरोना संक्रमितलाई मात्र भर्ना लिइने



काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमणको जोखिम झनै बढे र आएको छ । आज स्वास्थ्य मन्त्रालयले संक्रणको डरलाग्दो अवस्थामा पुगेको पनि बताएको छ ।

यस्तै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालले भने मंगलबारदेखि कोरोना भाईरस (कोभिड-१९) संक्रमितको उपचार सेवामात्र दिने भएको छ ।

कोरोना संक्रमित बिरामीको चाप बढ्न थालेपछि अस्पतालले अन्य सरुवा रोगका बिरामीलाई भर्ना नलिने निर्णय गरेको हो ।

अस्पतालको अन्तरंग सेवाअन्तर्गत अब कोभिड बिरामीको मात्र उपचार गरिने अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले बताए ।

संक्रमण बढेका कारण अस्पतालको अन्तरंग सेवालाई कोभिडको मात्र उपचार सेवा दिने गरी व्यवस्था गरिएको निर्देशक राजभण्डारीको भनाई छ ।

उनले आजदेखि ननकोभिड सेवा बन्द र अन्तरंग सेवालाई कोभिडमय बनाएको जानकारी दिए । तर एचआइभी र (एन्टी रेबिज भ्याक्सिन) सेवा भने यथावत् रहनेछ । त्यसबाहेक बाह्य साधारण ओपिडी सेवा पनि निरन्तर रहने उनले बताए ।

अहिले अस्पतालमा २० भन्दा बढी संक्रमितहरू उपचाररत रहेको अस्पतालले जनाएको छ । पछिल्लो समय कोरोनाको नयाँ अर्थात (यूके भेरियन्ट) संक्रमण फैलिएका कारण अस्पतालमा भर्ना हुने संक्रमित संख्या बढेको हो ।

उक्त भेरियन्ट अघिल्लो भेरियन्टभन्दा घातक रहेका कारण अस्पताल भर्ना हुने संक्रमित अझै बढ्ने विज्ञहरूले बताउँदै आएका छन् ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ३ : ०८ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित