२७ पुस २०८१, शनिबार | January 11, 2025

हाइकिङ र साइक्लिङको साझा गन्तव्य : बेगनास परिक्रमा पदमार्ग



पोखरा । लेखनाथस्थित बेगनास ताल परिक्रमा गर्ने गरी पदमार्ग प्रवद्र्धनमा प्राथमिकता दिइएको छ ।

करीब सात वर्षअघि बेगनासतालको बाँधदेखि लाम स्वाहाँरा–स्याङखुदी–सिम्ले–भञ्ज्याङ–सुन्दरीडाँडा–पचभैया हुँदै पुनः बाँध क्षेत्रमा जोड्ने गरी पदमार्ग खोलिएकामा पछिल्ला समयमा छोटो दूरीमा पदयात्रा गर्न चाहनेहरूका लागि यो गन्तव्य रोजाइमा पर्ने गरेको छ ।

कूल १६ किलोमिटर दूरी लामो यो पदमार्ग चार घण्टा समयावधिमा पार गर्न सकिने पर्यटन व्यवसायी एवम् होटेल तथा रेष्टुरेन्ट एसोसिएशन लेखनाथका पूर्वअध्यक्ष दामोदरभक्त थापाले जानकारी दिए । “यो पदमार्ग हाइकिङ एवं साइक्लिङ दुवैका लागि उपयुक्त छ”, उनले भने, “छोटो समयको पदयात्राका लागि साइक्लिङ गर्न चाहने जो कोही यस पदमार्गमा रमाउन सक्छन् ।”

पछिल्ला समयमा देशका विभिन्न ठाउँबाट पोखरा आउने पर्यटकहरू लेखनाथ क्षेत्रका ताल अवलोकन नगर्दासम्म आफ्नो यात्रा अपूरो ठान्ने गरेको बताउँदै थापाले माछाका परिकारको स्वाद लिनका लागि यहाँका माझी कुना, ड्यामसाइड, रुपातालको जमन कुनालगायत स्थानहरू अधिकांशको रोजाइमा पर्ने गरेको जानकारी दिए ।

तालसहितको रमणीय दृश्य नियाँल्दै पदयात्रा गर्न पाउने यो मार्गको प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डले सहयोग गर्ने बोर्डका गण्डकी प्रदेश कार्यालय प्रमुख काशीराज भण्डारीले बताए । स्थानीय जागरुकतासँगै बोर्डले यहाँको प्रवद्र्धनका लागि सहयोग गर्ने बताउँदै उनले वातावरणीय स्वच्छतालाई दृष्टिगत गर्दै पदमार्गमा निर्माण गरिने संरचना सकेसम्म स्थानीय सामग्रीको प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याए ।

पदमार्गको प्रवद्र्धनलाई लक्षित गर्दै बोर्डको प्रवद्र्धन एवम् होटेल तथा रेष्टुरेन्ट एसासिएशन लेखनाथको आयोजनामा हालै पर्यटनसम्बद्ध व्यवसायी, सञ्चारकर्मीसहितको टोलीले उक्त क्षेत्रको प्रवद्र्धनात्मक पदयात्रा गरेको छ ।
–––

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ३ : ४३ बजे

राष्ट्रिय प्रशारण लाइनले उज्यालो बन्दै मनाङ

मनाङ । मनाङको पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस

संसद तालाबन्दी गरेर ल्याएको अध्यादेश राष्ट्रपतिले अस्वीकार गर्नेछन् : सोविता गौतम

काठमाडौं संघीय संसदको हिउँदे अधिवेसन नबोलाएकोमा असन्तुष्टी बढदै गएको छ

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगमा चौतारीको जोड

काठमाडौँ । प्रेस चौतारी नेपालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध

प्रधानमन्त्री ओलीद्वारा पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले ३०३ औँ पृथ्वी जयन्तीका

राहुघाटको ‘स्विचयार्ड’ निर्माण सुरू

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा